यी हुन् राष्ट्र बैंकको नियम नमान्ने ५ फाइनान्स कम्पनी, एउटैलाई ४ पटकसम्म कारवाही !

काठमाडौं । नियम उल्लघंन गर्दै व्यवसाय गर्ने आधा दर्जन बढी फाइनान्स कम्पनीहरु कारवाहीमा परेका छन् । दिएको निर्देशन विपरित गएर कारोबार गर्ने ८ वटा फाइनान्स कम्पनीलाई केन्द्रीय बैंकले हर्जना सहित कारवाही गरेको हो । राष्ट्र बैंकको फाइनान्स कम्पनी सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको गैर स्थलगत सुपरिवेक्षणमा ५ वटा फाइनान्स कम्पनीहरुले तोकिएको अनिवार्य नगद मौज्दात नराखेका, विपन्न वर्गमा कर्जा नदिएको र सीसीडी कायम नगरेपछि केन्द्रीय बैंकले विभिन्न समयमा हर्जना तिराउनुका साथै कारवाही समेत गरेको छ । नियम विपरित गएर व्यवसाय गरी कारवाहीमा पर्नेमा समृद्धि फाइनान्स, गुडविल फाइनान्स, ललितपुर फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्स हुन् । ललितपुर फाइानान्सले राष्ट्र बैंकको नियम ४ पटकसम्म उल्लघंन गरेको केन्द्रीय बैंकबाट प्राप्त तथ्यांकले देखाउँछ । यी ५ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कुल ५५ लाख ७६ हजार ५७० रुपैयाँ हर्जना तिराएको राष्ट्र बैंकले जानकारी दिएको छ । जसमध्ये विपन्न वर्गमा राष्ट्र बैंकले तोकेअनुसार ललितपुर फाइनान्सलाई ३ पटक कर्जा प्रवाह नगर्दा कुल २० लाख ५६ हजार ९९२ रुपैयाँ हर्जना तिरेको छ । यो फाइनान्सले तोकिएको सीसीडी रेसियो कायम नगर्दा समेत ६४ हजार ५७२ रुपैयाँ ९६ पैसा हर्जना गत आवको दोस्रो त्रैमासमा तिरेको छ । फाइनान्सले गत आवमै राष्ट्र बैंकको नियम उल्लघंन गरी कुल २१ लाख २१ हजार ५६५ रुपैयाँ हर्जना तिरेको हो । … Continue reading यी हुन् राष्ट्र बैंकको नियम नमान्ने ५ फाइनान्स कम्पनी, एउटैलाई ४ पटकसम्म कारवाही !