Shikhar Insurance

यी हुन् राष्ट्र बैंकको नियम नमान्ने ५ फाइनान्स कम्पनी, एउटैलाई ४ पटकसम्म कारवाही !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार १७:५७
NIMB
Nabil Bank

काठमाडौं । नियम उल्लघंन गर्दै व्यवसाय गर्ने आधा दर्जन बढी फाइनान्स कम्पनीहरु कारवाहीमा परेका छन् । दिएको निर्देशन विपरित गएर कारोबार गर्ने ८ वटा फाइनान्स कम्पनीलाई केन्द्रीय बैंकले हर्जना सहित कारवाही गरेको हो ।

राष्ट्र बैंकको फाइनान्स कम्पनी सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको गैर स्थलगत सुपरिवेक्षणमा ५ वटा फाइनान्स कम्पनीहरुले तोकिएको अनिवार्य नगद मौज्दात नराखेका, विपन्न वर्गमा कर्जा नदिएको र सीसीडी कायम नगरेपछि केन्द्रीय बैंकले विभिन्न समयमा हर्जना तिराउनुका साथै कारवाही समेत गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नियम विपरित गएर व्यवसाय गरी कारवाहीमा पर्नेमा समृद्धि फाइनान्स, गुडविल फाइनान्स, ललितपुर फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स र जानकी फाइनान्स हुन् ।

ललितपुर फाइानान्सले राष्ट्र बैंकको नियम ४ पटकसम्म उल्लघंन गरेको केन्द्रीय बैंकबाट प्राप्त तथ्यांकले देखाउँछ ।

यी ५ फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कुल ५५ लाख ७६ हजार ५७० रुपैयाँ हर्जना तिराएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जसमध्ये विपन्न वर्गमा राष्ट्र बैंकले तोकेअनुसार ललितपुर फाइनान्सलाई ३ पटक कर्जा प्रवाह नगर्दा कुल २० लाख ५६ हजार ९९२ रुपैयाँ हर्जना तिरेको छ । यो फाइनान्सले तोकिएको सीसीडी रेसियो कायम नगर्दा समेत ६४ हजार ५७२ रुपैयाँ ९६ पैसा हर्जना गत आवको दोस्रो त्रैमासमा तिरेको छ । फाइनान्सले गत आवमै राष्ट्र बैंकको नियम उल्लघंन गरी कुल २१ लाख २१ हजार ५६५ रुपैयाँ हर्जना तिरेको हो ।

यसैगरी तोकिएको अनिवार्य मौज्दात नराख्ने समृद्धि फाइनान्सलाई राष्ट्र बैंकले गत आवको साउन महिनामा ३ सय ३८ रुपैयाँ २७ पैसा तिराएको छ । गत आवको भदौमा गुडविल फाइनान्सले नै तोकिएको अनिवार्य मौज्दात (सीआरआर) नराख्दा २ हजार ८ सय ७ रुपैयाँ ९९ पैसा हर्जना केन्द्रीय बैंकलाई तिरेको छ ।

यसैगरी, तोकिएको सीआरआर कायम नगर्दा गत आवमा सिटी फाइनान्सले २ लाख ५९ हजार ७५१ रुपैयाँ र जानकी फाइनान्सले ३१ लाख ९२ हजार ३ सय ८ रुपैयाँ हर्जना तिरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्