नियमविपरित संस्थागत निक्षेपको ब्याजदर परिवर्तन गर्ने दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । निर्देशन विपरित गएर मुद्दती निक्षेपको ब्याज परिवर्तन गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ । दिएको निर्देशन विपरित महिनैपिच्छे संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो । राष्ट्र बैंकले गत भदौ ८ गते सर्कुलर जारी गर्दै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनामा मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले विषेश गरी संस्थागत मुद्दतीमा बोलकबोल (बिडिङ) मार्फत् दिने ब्याजदरलाई लगाम लगाउन सो निर्देशन जारी गरेको हो । भदौमा जारी निर्देशनको कार्यान्यवन बैंकहरुले असोज महिनादेखि नै पालना गर्नु पर्ने थियो । तर राष्ट्र बैंकले दिएको निर्देशन सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २० वटा वाणिज्य बैंकले उल्लघंन गरेका थिए । राष्ट्र बैंकले ३ महिना नबित्दै संस्थागत मुद्दतिको ब्यउाजदर परिवर्तन नगर्नुभन्दा भन्दै यी २० वाणिज्य बैंकले ब्याजदर थपघट गरेका हुन् । यी मध्ये प्रायले साउन महिनामै यस्तो निक्षेप खातामा दिने ब्याजदर परिवर्तन गरिसकेका थिए । संस्थागत निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न पाइने छैन भन्ने राष्ट्र बैंकको निर्देशन छ । त्यो निर्देशनको अवज्ञा गर्दै बैंकहरुले ब्याजदर प्रकाशित गरेपछि उनीहरुलाई केन्द्रीय बैंकले सचेत बनाउने गरी त्यसो नगर्न चेतावनी दिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए । ‘संस्थागत निक्षेपमा बोलकबोलमार्फत् दिने ब्याजदर ३ महिनाभन्दा अघि परिवर्तन गर्न रोक लगाइएको छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘ब्याजदर प्रकाशित … Continue reading नियमविपरित संस्थागत निक्षेपको ब्याजदर परिवर्तन गर्ने दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा