Shikhar Insurance

नियमविपरित संस्थागत निक्षेपको ब्याजदर परिवर्तन गर्ने दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

कुन कुन बैंक परे?
सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । निर्देशन विपरित गएर मुद्दती निक्षेपको ब्याज परिवर्तन गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ । दिएको निर्देशन विपरित महिनैपिच्छे संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकले गत भदौ ८ गते सर्कुलर जारी गर्दै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनामा मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले विषेश गरी संस्थागत मुद्दतीमा बोलकबोल (बिडिङ) मार्फत् दिने ब्याजदरलाई लगाम लगाउन सो निर्देशन जारी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

भदौमा जारी निर्देशनको कार्यान्यवन बैंकहरुले असोज महिनादेखि नै पालना गर्नु पर्ने थियो । तर राष्ट्र बैंकले दिएको निर्देशन सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २० वटा वाणिज्य बैंकले उल्लघंन गरेका थिए ।

राष्ट्र बैंकले ३ महिना नबित्दै संस्थागत मुद्दतिको ब्यउाजदर परिवर्तन नगर्नुभन्दा भन्दै यी २० वाणिज्य बैंकले ब्याजदर थपघट गरेका हुन् । यी मध्ये प्रायले साउन महिनामै यस्तो निक्षेप खातामा दिने ब्याजदर परिवर्तन गरिसकेका थिए ।

संस्थागत निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न पाइने छैन भन्ने राष्ट्र बैंकको निर्देशन छ । त्यो निर्देशनको अवज्ञा गर्दै बैंकहरुले ब्याजदर प्रकाशित गरेपछि उनीहरुलाई केन्द्रीय बैंकले सचेत बनाउने गरी त्यसो नगर्न चेतावनी दिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘संस्थागत निक्षेपमा बोलकबोलमार्फत् दिने ब्याजदर ३ महिनाभन्दा अघि परिवर्तन गर्न रोक लगाइएको छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘ब्याजदर प्रकाशित गर्दा उच्च हेरफेर गर्ने १३ वटा वाणिज्य बैंकलाई पत्र पठाएर पहिलो चरणमा सचेत गराएका हौ ।’

पुनः यस्तो गल्ती दोहो¥याएमा नियमअनुसार हर्जना तथा तोकिएको कारबाही हुने उनको भनाइ छ ।
निर्देशनभन्दा बाहिर गएर दर परिवर्तन गर्ने बैंकहरुलाई गभर्नरले सचेत गराउने नियम छ । सोहीअनुसार गल्ती नदोहो¥याउन भनेर केन्द्रीय बैंकले पत्र पठाएको हो ।

गत असोजमा बैंकहरुले परिवर्तन गरेको संस्थागत निक्षेपको ब्याजदर ३ महिना नबित्दै उच्चतम ब्याजदर परिवर्तन गर्ने बैंकहरुलाई लिखित रुपमा पत्रमार्फत् सचेत राष्ट्र बैंकले गत शुक्रबार नै गराएको हो ।

यसरी दिएको निर्देशन विपरित गएर संस्थागत मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गर्नेमध्ये ०.५ प्रतिशतबढी थपघट भएका बैंकहरुलाई राष्ट्र बैंकले कारवाही स्परुप पत्र पठाएको हो ।

राष्ट्र बैंकको नियम मिच्ने बैंकहरु कुन कुन ? यस्तो छ बैंकहरुको ब्याजदर विवरण

भदौ महिनामै संस्थागत निक्षेपको ब्याजदर परिवर्तन गरेर पनि अधिकांश बैंकले असोज महिनामा समेत परिवर्तन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदरअनुसार साउनको तुलनामा भदौमा २० वटा बैंकले संस्थागत मुद्दतीको ब्याजदर बढाएका थिए । जसमध्ये एभरेष्ट बैंकबाहेक सबै बैंकले असोज महिनामा समेत ब्याजदर परिवर्तन गरेका छन् ।

साउन महिनामा लागू ब्याजदरमा भदौ महिनामा परिवर्तन गरी राष्ट्र बैंकको निर्देशन विपरित १९ वटा वाणिज्य बैंकले असोज महिनामा समेत ब्याजदर परिवर्तन गरेका हुन् ।
जसमा एनआइसी एशिया, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएर परिवर्तन गरेका थिए ।

भदौ महिनामै संस्थागत मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरी असोजमा समेत १६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएर परिवर्तन गरेका थिए ।

जसमा सिटिजन्स, सानिमा, प्राइम, एनएमबि, ग्लोबल आइएमई, सेञ्चुरी, हिमालयन, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले साउन भदौमै ब्याजदर परिवर्तन गरेर समेत असोज महिनामा ०.५० प्रतिशतदेखि १.६७ प्रतिशतसम्मले घटाएर ब्याजदर निर्धारण गरेका थिए ।

साथै, भदौ महिनामै ब्याजदर परिवर्तन गरेपनि माछापुच्छ्रे, सिभिलि, नेपाल एसबिआइ, प्रभु र लक्ष्मी बैंकले समेत ०.५० प्रतिशतभन्दा कमले ब्याजदर घटएर असोज महिनामा लागू गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्