सेयर धितो कर्जामा थप लगाम ! अनुत्पादक क्षेत्रमा कर्जा कटौती किन आवश्यक ?

काठमाडौं । सेयर बजारलगायत अनुत्पादक क्षेत्रमा जाने कर्जा केही समयको लागि रोकिन थालेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता संकट चुलिँदै गएपछि बैंक तथा वित्त कम्पनीहरुले यस्तो क्षेत्रमा जाने कर्जा कटौती गर्न थालेका हुन् । पछिल्लो २/३ सातादेखि बैंकहरुले सेयर धितो कर्जा, सवारी कर्जा र घर जग्गा कर्जालाई कटौती गर्न थालेका नेपाल बैंकर्स संघका एक सदस्यले बताए । ‘पास भएसकेको कर्जा भुक्तान समेत तोकिएकै समयमा गर्न सक्ने अवस्थामा अहिले बैंकहरु छैनन्,’ संघका ती सदस्यले सिंहदरबारसँग भने, ‘यो समयमा राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रको आवेदन बाहेक नयाँ कर्जाको आवेदन बैंकहरुले लिएका नै छैनन्, विषेश गरी बैंकहरुको कर्जा कटौतीमा सेयर धितो कर्जा, सवारी कर्जा र घर जग्गा धितो कर्जा कटौती गरेका हुन् ।’ राष्ट्र बैंकले नै कर्जा प्रवाहमा संमयमता अपनाउनु भन्ने सुझाएसँग बैंकहरुले अनुत्पादक क्षेत्रमा जाने कर्जालाई तरलता सहज नहुँदासम्म रोकेको उनले जानकारी दिए । बैंकको मुख्य काम भनेकै निक्षेप लिएर ऋणीलाई कर्जा प्रवाह गर्नु हो तर, हाल बैंकहरुले यी दुवै काम शतप्रतिशत गर्न सकेका छैनन् । कारण हो, प्रणालीमा कर्जा दिन मिल्ने स्रोतको अभाव । चालु आर्थिक वर्ष लागेपछि नै बैंकिङ प्रणालीबाट १ खर्ब बढी लगानीयोग्य रकम तरलता घटेको छ । साउनको पहिलो साता १ खर्ब २५ अर्ब रुपैयाँ तरलता मौज्दात रहेकामा अहिले २० अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र … Continue reading सेयर धितो कर्जामा थप लगाम ! अनुत्पादक क्षेत्रमा कर्जा कटौती किन आवश्यक ?