मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित)

काठमाडौं । मंसिरदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर दोहोर अंकमा पुर्‍याउने भएका छन् । निक्षेपको ब्याजदर नियमन गर्न नेपाल राष्ट्र बैंकले ‘१० प्रतिशत ग्याप’ नीति अंगिकार गर्दापनि अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर मंसिरमा दोहोरो अंक नाघ्ने देखिएको हो । कात्तिक ३ गतेको केन्द्रीय बैंकको सर्कुलर कार्यान्वयन गर्दा हाल अधिकांश वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत र संस्थागतमा ८.३६ प्रतिशत ब्याजदर कायम छ । लगानीयोग्य रकम (तरलता) अभावको चंगुलमा फसेका वाणिज्य बैंकहरुले असोजको ब्याजदरमा ३० प्रतिशतसम्मले वृद्धि गरी कात्तिक १ गते ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका थिए । निक्षेप खोसातानीको ब्याजदर युद्ध रोक्न राष्ट्र बैंकले कात्तिक ३ गते लगाम कसेको थियो । राष्ट्र बैंकको कैंचीः बैंकहरूले ३ दिनमै हेरफेर गरे निक्षेपको ब्याजदर, अधिकांशको एउटै (सूचीसहित) केन्द्रीय बैंकले अघिल्लो महिनामा लागू भएको निक्षेपको ब्याजदरमा १० प्रतिशतको ‘ग्याप’ राखेर अधिकतम दर निर्धारण गर्न निर्देशन दिएको हो । सो निर्देशनमा संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम राख्न उल्लेख थियो । सो निर्देशन कार्यान्वयन गर्दै बैंकहरुले असोजको ब्याजदरमा १० प्रतिशतमात्र बढाएर कात्तिकमा नयाँ दर निर्धारण गरेका हुन् । ब्याजदर नीति प्रभावः सरकारी बैंकको ‘नयाँ बिजनेस’ ठप्प, भएको निक्षेप समेत खोसिँदै ! निक्षेपको ब्याजदर बैंकहरुले प्रत्येक महिना परिवर्तन गर्न सक्छन् । तर, पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको … Continue reading मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित)