Shikhar Insurance

मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार २०:४७
NIMB
Nabil Bank

काठमाडौं । मंसिरदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर दोहोर अंकमा पुर्‍याउने भएका छन् । निक्षेपको ब्याजदर नियमन गर्न नेपाल राष्ट्र बैंकले ‘१० प्रतिशत ग्याप’ नीति अंगिकार गर्दापनि अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर मंसिरमा दोहोरो अंक नाघ्ने देखिएको हो ।

कात्तिक ३ गतेको केन्द्रीय बैंकको सर्कुलर कार्यान्वयन गर्दा हाल अधिकांश वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत र संस्थागतमा ८.३६ प्रतिशत ब्याजदर कायम छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लगानीयोग्य रकम (तरलता) अभावको चंगुलमा फसेका वाणिज्य बैंकहरुले असोजको ब्याजदरमा ३० प्रतिशतसम्मले वृद्धि गरी कात्तिक १ गते ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका थिए । निक्षेप खोसातानीको ब्याजदर युद्ध रोक्न राष्ट्र बैंकले कात्तिक ३ गते लगाम कसेको थियो ।

राष्ट्र बैंकको कैंचीः बैंकहरूले ३ दिनमै हेरफेर गरे निक्षेपको ब्याजदर, अधिकांशको एउटै (सूचीसहित)

केन्द्रीय बैंकले अघिल्लो महिनामा लागू भएको निक्षेपको ब्याजदरमा १० प्रतिशतको ‘ग्याप’ राखेर अधिकतम दर निर्धारण गर्न निर्देशन दिएको हो । सो निर्देशनमा संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम राख्न उल्लेख थियो ।

सो निर्देशन कार्यान्वयन गर्दै बैंकहरुले असोजको ब्याजदरमा १० प्रतिशतमात्र बढाएर कात्तिकमा नयाँ दर निर्धारण गरेका हुन् ।

ब्याजदर नीति प्रभावः सरकारी बैंकको ‘नयाँ बिजनेस’ ठप्प, भएको निक्षेप समेत खोसिँदै !

निक्षेपको ब्याजदर बैंकहरुले प्रत्येक महिना परिवर्तन गर्न सक्छन् । तर, पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

अहिले बैंकहरु चरम तरलता अभावको दलदलमा फसेका छन् । मागअनुसार कर्जा प्रवाह गर्न नसक्दा बैंकको अहिले व्यवसाय नै सुस्ताएको छ । राष्ट्र बैंक स्रोतका अनुसार अहिले दर्जन बढी वाणिज्य बैंक कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कटेर कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् ।

यस्तो अवस्थामा बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्नु नै अन्तिम विकल्प हो । प्रतिष्पर्धामाझ पनि ब्याजदर नबढाएका बैंकहरुको निक्षेप अन्य बैंकहरुमा ‘स्विच’ भइरहेको हुँदा उनीहरुलाई १० प्रतिशतको ‘ग्याप’ कायम गरी ब्याजदर बढाउनै पर्ने बाध्यता आइलागेको छ ।

 

यसरी कात्तिक महिनामा लागू निक्षेपको ब्याजदरमा अधिकतम १० प्रतिशत थप गर्दा मंसिरमा १९ वटा वाणिज्य बैंकको ब्याजदर दोहोरो अंकमा पुग्ने निश्चित छ । यी बैंकहरुले हाल कायम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.९१ प्रतिशतदेखि ०.९४ प्रतिशतसम्मले बढाउन पाउछन् । यसकारण ती बैंकको ब्याजदर मंसिर महिनामा दोहोरो अंक अर्थात् १०.३० प्रतिशतसम्म पुग्ने भएको हो ।

यसैगरी संस्थागतको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको भन्दा १ प्रतिशत कम अर्थात् ९.३० प्रतिशतसम्म पुग्नेछ ।

जसमध्ये मंसिरमा १७ वटा बैंकको ब्याजदर व्यक्तिगत मुद्दतीमा १०.३० प्रतिशत र संस्थागतमा ९.३० प्रतिशत पुग्नेछ ।

साथै, मंसिरमा लक्ष्मी बैंकको ब्याजदर व्यक्तिगततर्फ १०.२९ प्रतिशत र माछापुच्छ्रे बैंकको १०.०३ प्रतिशत पुग्ने देखिन्छ ।

यसबाहेक १० प्रतिशतको ‘ग्याप’ नीति कार्यान्वयन गर्दा ७ वटा वाणिज्य बैंकको निक्षेपको ब्याजदर मंसिर महिनामा पनि एकल अंकमै कायम हुने देखिन्छ । यी बैंकहरुको निक्षेपको अधिकतम ब्याजदर मंसिर महिनामा ९.२० प्रतिशतदेखि ९.९७ प्रतिशत कायम हुनेछ ।

नियमविपरित संस्थागत निक्षेपको ब्याजदर परिवर्तन गर्ने दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

बढाएको ब्याजदर परिमार्जन हुँदा वाणिज्य बैंकहरुबाट ५ दिनमै २० अर्ब रुपैयाँ निक्षेप बाहिरियो

अस्थिर ब्याजदरः अराजक बैंकर कि मुकदर्शक राष्ट्र बैंक ?

मार्जिन लोनमा थप कडाईको संकेत, सीडी र ब्याजदर ‘ग्याप’मा सहुलियत !

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्