Shikhar Insurance

बढाएको ब्याजदर परिमार्जन हुँदा वाणिज्य बैंकहरुबाट ५ दिनमै २० अर्ब रुपैयाँ निक्षेप बाहिरियो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १६:१९
NIMB
Nabil Bank

काठमाडौँ । एक सातामै वाणिज्य बैंकहरुबाट २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । बढाएको ब्याजदर समेत घटाएपछि निक्षेपकर्ताले बैंकबाट पैसा झिकेका हुन् ।

बैंकहरुले गत असोज मसान्तमै कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर ३० प्रतिशतसम्मले वृद्धि गरी अधिकतम ११.६७ प्रतिशतसम्म पुर्‍याएका थिए । तर कात्तिक २ गतेनै राष्ट्र बैंकले सोमा लगाम कस्दै अघिल्लो महिनामा लागू ब्याजदरमा अधिकतम १० प्रतिशतको मात्र हेरफेर गर्न पाउने व्यवस्था गर्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसपछि कात्तिक ३ गतनै बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम ९.८८ प्रतिशत मात्र कायम गरे । असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन कात्तिक ५ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

वाणिज्य बैंकहरुको कृतिम रुपमा बढेको निक्षेपको ब्याजदरले समायोजन हुँदा ५ दिनमै २० अर्ब रुपैयाँ पैसा प्रणालीबाट बाहिरीएको हो ।

यसैगरी, कात्तिक ५ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन असोज मसान्तको तुलनामा १ अर्ब रुपैयाँले घटेको हो । असोज ३१ गतेसम्म वाणिज्य बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्