निगमले १ रुपैयाँ पनि नाफा नगरी इन्धन बेच्दा आज तेलको मूल्य कति पर्छ ?

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको विषय आजको हटकेक हो । इन्डियन आयल निगमले पठाएको मूल्यसूचीअनुसार समायोजन (मूल्य घटबढ) गर्ने गरेको नेपाल आयल निगम सँधै नाफा गर्ने सरकारी निकाय भनेर आलोचनाको केन्द्र बन्छ । हिजो नाफा गरेका बेला १३ अर्ब रुपैयाँ सम्म सञ्चित गरेर निगमले आज प्रति महिना ६ अर्ब रुपैयाँसम्म घाटा बेहोरेर तेल उपलब्ध गराइरहेको छ । भारतबाट प्रतिलिटर ८३ रुपैयाँ ४९ पैसामा किनेको पेट्रोल निगमले १ सय ३६ रुपैयाँमा बेच्छ । जसमा ५७ रुपैयाँ ७३ पैसा रुपैयाँ त सरकारले उठाउने कर नै जोडिन्छ । यसमा ब्याज, प्रशासन, ह्रास र नोक्सानी गरी २ रुपैयाँ ३ पैसा तथा ढुवानी, बिक्रेताको नाफासमेत जोड्दा १ लिटर तेलको लागत १ सय ५३ रुपैयाँ ५८ पैसा पर्छ । जसमा १५ रुपैयाँ ५८ पैसा घाटा खाँदै तेल बेच्छ निगम । यसरी उपभोक्ताले इन्धन किन्न चर्को मूल्य चुकाउनु परेको छ । जसको मूख्य कारण हो, सरकारले उठाउने कर । यसअर्थमा तेलमा लगाइएको अनावश्यक कर हटाउनुपर्ने देखिन्छ । सरकारले १ लिटर तेल बेच्दा कति कर उठाउँछ ? यस्तो करको हिसाबकिताबः लागत र बिक्रीमूल्यको हिसाब गर्दा निगमलाई डिजेलमा १३ रुपैयाँ १४ पैसा र ग्यासमा ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा हुन्छ । हालसम्म निगमले बेहोरेको घाटा नाफाका बेला सञ्चित गरेर राखेको पैसाबाट बेहारिँदै आएको छ … Continue reading निगमले १ रुपैयाँ पनि नाफा नगरी इन्धन बेच्दा आज तेलको मूल्य कति पर्छ ?