एक महिना नपुग्दै राष्ट्र बैंकको ‘पोलिसी सिफ्ट’, मसान्त अगावै ब्याजदरबारे यस्तो व्यवस्था हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंक एक महिना नपुग्दै आफ्नो नीतिबाट पछि हट्ने भएको छ । कात्तिक ३ गते लिएको निक्षेपको ब्याजदरमा ‘१० प्रतिशत ग्याप’ नीति केन्द्रीय बैंकले परिमार्जन गर्ने भएको हो । लगानीयोग्य रकम (तरलता) अभावको चङ्गुलमा फसेका वाणिज्य बैंकहरुले असोजको ब्याजदरमा ३० प्रतिशतसम्मले वृद्धि गरी कात्तिक १ गते ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका थिए । तर, निक्षेप खोसातानीको ब्याजदर युद्ध रोक्न राष्ट्र बैंकले कात्तिक ३ गते लगाम कसेको थियो । केन्द्रीय बैंकले अघिल्लो महिनामा लागू भएको निक्षेपको ब्याजदरमा १० प्रतिशतको ‘ग्याप’ राखेर अधिकतम दर निर्धारण गर्न निर्देशन दिएको थियो । सो निर्देशनमा संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम राख्न उल्लेख थियो । केन्द्रीय बैंकको निर्देशन कार्यान्यवन गर्दै बैंकहरुले असोजमा कायम निक्षेपको ब्याजदरमा १० प्रतिशतले मात्र थप गरी कात्तिक महिनामा लागू गरेका छन् । हाल १८ वटा वाणिज्य बैंकहरुको निक्षेपको व्याजदर अधिकतम ९.३६ प्रतिशत कायम छ । बाँकी ९ वटा बैंकको ब्याजदर भने ९.३५ प्रतिशतदेखि ८.३६ प्रतिशतसम्म कायम छ । » ब्याजदर सकसः १० प्रतिशतको ‘ग्याप’ हट्दै, सरकारी र साना बैंकलाई राहत » मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित) यसरी बैंकहरुले राष्ट्र बैंकदेखि अर्थमन्त्रीसम्मलाई बजारमा व्यावसायीक प्रतिस्पर्धा गर्दै मागको आधारमा आपुर्ति गर्न उक्त ब्याजदर ‘ग्याप’ नीति तगारो भएको गुनासो गरेपछि राष्ट्र बैंकले सोमा पछि … Continue reading एक महिना नपुग्दै राष्ट्र बैंकको ‘पोलिसी सिफ्ट’, मसान्त अगावै ब्याजदरबारे यस्तो व्यवस्था हुँदै