Shikhar Insurance

एक महिना नपुग्दै राष्ट्र बैंकको ‘पोलिसी सिफ्ट’, मसान्त अगावै ब्याजदरबारे यस्तो व्यवस्था हुँदै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १८:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंक एक महिना नपुग्दै आफ्नो नीतिबाट पछि हट्ने भएको छ । कात्तिक ३ गते लिएको निक्षेपको ब्याजदरमा ‘१० प्रतिशत ग्याप’ नीति केन्द्रीय बैंकले परिमार्जन गर्ने भएको हो ।

लगानीयोग्य रकम (तरलता) अभावको चङ्गुलमा फसेका वाणिज्य बैंकहरुले असोजको ब्याजदरमा ३० प्रतिशतसम्मले वृद्धि गरी कात्तिक १ गते ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका थिए । तर, निक्षेप खोसातानीको ब्याजदर युद्ध रोक्न राष्ट्र बैंकले कात्तिक ३ गते लगाम कसेको थियो । केन्द्रीय बैंकले अघिल्लो महिनामा लागू भएको निक्षेपको ब्याजदरमा १० प्रतिशतको ‘ग्याप’ राखेर अधिकतम दर निर्धारण गर्न निर्देशन दिएको थियो । सो निर्देशनमा संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम राख्न उल्लेख थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंकको निर्देशन कार्यान्यवन गर्दै बैंकहरुले असोजमा कायम निक्षेपको ब्याजदरमा १० प्रतिशतले मात्र थप गरी कात्तिक महिनामा लागू गरेका छन् । हाल १८ वटा वाणिज्य बैंकहरुको निक्षेपको व्याजदर अधिकतम ९.३६ प्रतिशत कायम छ । बाँकी ९ वटा बैंकको ब्याजदर भने ९.३५ प्रतिशतदेखि ८.३६ प्रतिशतसम्म कायम छ ।

» ब्याजदर सकसः १० प्रतिशतको ‘ग्याप’ हट्दै, सरकारी र साना बैंकलाई राहत

» मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित)

यसरी बैंकहरुले राष्ट्र बैंकदेखि अर्थमन्त्रीसम्मलाई बजारमा व्यावसायीक प्रतिस्पर्धा गर्दै मागको आधारमा आपुर्ति गर्न उक्त ब्याजदर ‘ग्याप’ नीति तगारो भएको गुनासो गरेपछि राष्ट्र बैंकले सोमा पछि हट्ने भएको हो ।

‘ग्याप’ नीतिको बजार प्रभाव हेरी राष्ट्र बैंकले सोमा परिमार्जन गर्ने प्रतिवद्धता गरेको नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

‘हामीले सो नीतिको प्रभावबारे राष्ट्र बैंकमा भनेका थियौँ, पहिले नै थोरै ब्याजदर कायम गरेका बैंकहरुले धेरै हुनेको बराबरी कहिलै गर्न सक्दैनन्,’ दाहालले सिंहदरबारसँग भने, ‘उक्त विषयलाई मनन गर्दै राष्ट्र बैंकले केही समयका लागि ब्याजदरको ग्याप नीति फिर्ता लिने आश्वसन दिनु भएको छ ।’

असोज महिनाम कायम ब्याजदरमा बैंकहरुले ग्याप नीति पालना गर्दा करिब दर्जन बैंकहरुले अन्य बैंकसँग भविष्यमा कहिलै बराबरी गर्न नसक्ने उनको भनाइ छ ।

कात्तिक मसान्त अगावै परिमार्जित ब्याजदर नीति आउँदै
निक्षेपको ब्याजदर बैंकहरुले प्रत्येक महिना परिवर्तन गर्न सक्छन् । तर, पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लो महिनाको मसान्तमै सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको छ । तर, ब्याजदरको ग्याप नीतिको परिमार्जित निर्देशन भने कात्तिक मै ल्याइने राष्ट्र बैंकका एक उच्च अधिकारीले पुष्टि गरे ।

‘केही बैंकहरुलाई ग्याप नीतिले साँच्चै समस्या हुने रहेछ, त्यही भएर केही समय एक दर तोकेर ब्याजदर कायम गर्न समय दिइन्छ,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘मसान्तमै ब्याजदर सार्वजनिक गर्नुपर्ने भएकाले समिक्षा अगावै सर्कुलर ल्याउनु पर्ने हुन्छ ।’

यद्यपि, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कात्तिक अन्तिम सातामै ल्याउन सकिएमा सो निर्देशनको लागि छुट्टै सकुर्लरको आवश्यकता नहुने उनको भनाइ छ । तर, बैंकहरुको ब्याजदर उनीहरुको आवश्यकताअनुसार एउटा दरमा आइसकेपछि राष्ट्र बैंकले पुनः ‘ग्याप’ नीति लागु गराउने स्रोतको भनाइ छ ।

‘राष्ट्र बैंकले केही समयको लागि मात्र ‘ग्याप’ मा सहुलियत दिन लागेको हो तर बैंकहरुको ब्याजदर एउटै अंकमा आएपछि पुनः लागू गरिने छ,’ ती अधिकारीले थपे, ‘प्रतिष्पर्धात्मक बैंकिङ व्यवसायको लागि हामीले बैंकहरुलाई सहजीकरण गर्नमात्र लागेका हौँ, कामै नलाग्ने भयो भनेर नीति नै फिर्ता लिन लागेको भने होइन ।’

» मार्जिन लोनमा थप कडाईको संकेत, सीडी र ब्याजदर ‘ग्याप’मा सहुलियत !

GBIME

प्रतिक्रिया दिनुहोस्