ब्याजदरबारे राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था, वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १०.०५ %

काठमाडौं । अब सबै वाणिज्य बैंकहरूको निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम हुने भएको छ ।  नेपाल राष्ट्र बैंकले ब्याजदरबारे नयाँ व्यवस्था गरी वाणिज्य बैंकहरूको ब्याजदरमा एकरूपता ल्याएको हो । केन्द्रीय बैंकले आइतबार नयाँ सर्कुलर जारी गर्दै एकै वर्गका बैंकहरूले आफ्नो समूहमा कायम ब्याजदरलाई औसतमा हिसाब गरी १० प्रतिशतसम्मले बढाएर पछिल्लो महिनाका लागि ब्याजदर सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । ब्याजदर नीति प्रभावः सरकारी बैंकको ‘नयाँ बिजनेस’ ठप्प, भएको निक्षेप समेत खोसिँदै ! हाल वाणिज्य बैंकहरूले कात्तिक महिनामा लागु गरेको निक्षेपको अधिकतम ब्याजदरको औसत ९.१३६३ प्रतिशत रहेको राष्ट्र बैंकको हिसाब छ । जसअनुसार मंसिरमा कायम हुने नयाँ ब्याजदर अधिकतम १०.०५ प्रतिशत हुने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सिंहदरबारलाई जानकारी दिए । “नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले २७ वटै बैंकहरूले (वाणिज्य बैंकहरूको हकमा) अघिल्लो महिना सार्वजनिक अधिकतम व्याजदरको ‍‍औसत हिसाब गर्नु पर्नेछ,” ढकालले भने, “पछिल्लो महिना ब्याजदर सार्वजनिक गर्दा बैंकहरूले अघिल्लो महिनाको औसत ब्याजदरमा बढीमा १० प्रतिशतले मात्र हेरफेर गरी नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । जसअनुसार बढीमा १०.०५ प्रतिशत हुन सक्छ ।” यद्यपि बैंकहरूको औसत हिसाबमा उल्लेखित कम वा बढी हुनसक्ने उनको भनाइ छ । मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित)   यस्तो छ नयाँ व्यवस्थाः बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिना … Continue reading ब्याजदरबारे राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था, वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १०.०५ %