Shikhar Insurance

ब्याजदरबारे राष्ट्र बैंकले गर्‍यो नयाँ व्यवस्था, वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १०.०५ %

सर्कुलरसहित
सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १६:१६
NIMB
Nabil Bank

काठमाडौं । अब सबै वाणिज्य बैंकहरूको निक्षेपको अधिकतम ब्याजदर १०.०५ प्रतिशत कायम हुने भएको छ ।  नेपाल राष्ट्र बैंकले ब्याजदरबारे नयाँ व्यवस्था गरी वाणिज्य बैंकहरूको ब्याजदरमा एकरूपता ल्याएको हो ।

केन्द्रीय बैंकले आइतबार नयाँ सर्कुलर जारी गर्दै एकै वर्गका बैंकहरूले आफ्नो समूहमा कायम ब्याजदरलाई औसतमा हिसाब गरी १० प्रतिशतसम्मले बढाएर पछिल्लो महिनाका लागि ब्याजदर सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ब्याजदर नीति प्रभावः सरकारी बैंकको ‘नयाँ बिजनेस’ ठप्प, भएको निक्षेप समेत खोसिँदै !

हाल वाणिज्य बैंकहरूले कात्तिक महिनामा लागु गरेको निक्षेपको अधिकतम ब्याजदरको औसत ९.१३६३ प्रतिशत रहेको राष्ट्र बैंकको हिसाब छ । जसअनुसार मंसिरमा कायम हुने नयाँ ब्याजदर अधिकतम १०.०५ प्रतिशत हुने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सिंहदरबारलाई जानकारी दिए ।

“नयाँ व्यवस्थाअनुसार अब बैंकहरूले २७ वटै बैंकहरूले (वाणिज्य बैंकहरूको हकमा) अघिल्लो महिना सार्वजनिक अधिकतम व्याजदरको ‍‍औसत हिसाब गर्नु पर्नेछ,” ढकालले भने, “पछिल्लो महिना ब्याजदर सार्वजनिक गर्दा बैंकहरूले अघिल्लो महिनाको औसत ब्याजदरमा बढीमा १० प्रतिशतले मात्र हेरफेर गरी नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । जसअनुसार बढीमा १०.०५ प्रतिशत हुन सक्छ ।”

यद्यपि बैंकहरूको औसत हिसाबमा उल्लेखित कम वा बढी हुनसक्ने उनको भनाइ छ ।

मंसिरदेखि ब्याजदर दोहोरो अंकमा पुग्दै, कुन बैंकको कति पुग्ला? (सूचीसहित)

 

यस्तो छ नयाँ व्यवस्थाः

बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिना अगावै हेरफेर गर्न पाउने व्यवस्था गरेको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदरको औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् । यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उपबुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट रसंस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सक्ने व्यवस्था गरेको छ ।

यसैगरी बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफुसंगै रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दू सम्म थप गरी निक्षेप संकलन गर्न सकिनेछ ।

एक महिना नपुग्दै राष्ट्र बैंकको ‘पोलिसी सिफ्ट’, मसान्त अगावै ब्याजदरबारे यस्तो व्यवस्था हुँदै

हाम्रो डोरी एकअर्कासँग बाँधिएको छ, एक्लाएक्लै दौडन खोजे सबै लड्छौंः नवनिर्वाचित अध्यक्ष

ब्याजदर सकसः १० प्रतिशतको ‘ग्याप’ हट्दै, सरकारी र साना बैंकलाई राहत

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्