Shikhar Insurance

श्रम समस्या समाधान गर्न मन्त्री अर्याललाई सांसदहरुले गराए ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १८:२२
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुले श्रम समस्या समाधान गर्नका लागि विभिन्न कदमहरु चाल्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले श्रम समस्या समाधानका लागि विभिन्न उपायहरु सुझाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य रमा कोईराला पौडेलले श्रमिकहरुको समस्या समाधानका लागि श्रम आयोग गठन गर्नुपर्ने धारणा राख्य । उनले श्रमिक र व्यवसायिका बिचमा द्वन्द्व हुने गरेको भन्दै त्यस प्रकारका समस्या समाधानका लागि आयोग चाहिने बताए । उनले आयोगले वैदेशिक रोजगारीमा जानेहरुको समस्या पनि हेर्ने बताए । त्यस्तै उनले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणमा सिन्डिकेट रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताए । उनले प्रत्येक प्रदेशमा एउटा श्रमिक अस्पताल बताउनुपर्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले प्रधानमन्त्री रोजगार कार्यक्रम विदेशीको चाहाना अनुरुप चलिरहेको बताए । उनले यो कार्यक्रमलाई नयाँ संरचनामा चलाइने भनिएको भन्दै कस्तो नयाँ संरचना हो स्पष्ट खाका समिति समक्ष ल्याउन मन्त्रीलाई आग्रह गरे । प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले महिला श्रमिकहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा राष्ट्रिय नीति नै बनाउनुपर्ने बताए । उनले वैदेशिक रोजगारीमा जाने महिलाहरुले अतिरिक्त हिंसाहरु भोग्नुपरेको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले श्रमिकहरुको न्युनतम पारिश्रमिक १७ हजार ५ सय रुपैयाँबाट बढाउनुपर्ने बताए । उनले स्वास्थ्य र शिक्षामा पूर्ण रुपमा बीमा गर्नुपर्ने धारणा राख्य ।
प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले श्रमिकहरुको समस्या समाधानका लागि राजनीतिक नेतृत्वभन्दा प्रशासनिक नेतृत्व गम्भीर हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले कर्मचारीहरुले स्थायी सरकारको रुपमा देश चलाउने भन्दै श्रमिकहरुप्रति कर्मचारी संवेदनशील हुनुपर्ने बताए । उनले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन हुन नसकेको भन्दै यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्