Shikhar Insurance

हाम्रो डोरी एकअर्कासँग बाँधिएको छ, एक्लाएक्लै दौडन खोजे सबै लड्छौंः नवनिर्वाचित अध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १८:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले वित्तीय बजारको आवश्यकता बुझी बैंकहरुलाई सोही अनुसार स्वस्थ र प्रतिस्प्रधी बनाउन संघले पहलकदमी काम कर्ने बताएका छन् । संघको अध्यक्षमा सर्वसम्मत चयन भएसँगै अध्यक्ष उपाध्यायले नयाँ कमिटीले अहिलेको बैकिङ क्षेत्रको समस्या समाधानमा काम गर्ने बताएका हुन् ।

३५ औं साधारणसभाबाट अध्यक्ष चयन भएका अध्यक्ष उपाध्यायले विगतको केही अवधिमा बैंकहरू ठूलो चुनौतीबाट गुज्रिएको र त्यसलाई व्यवस्थापन गर्न सफल भएको बताए । “चुनौतीहरूलाई व्यवसस्थापन गर्ने अवसर पाएका छौं,” उपाध्यायले भने, “कोभिडबाट बैंक, उद्योगी, कृषक सबै त्रसित हुँदा सबै परिवेशलाई कुशले व्यवस्थापन गर्न सक्षम भयौ । यसमा राष्ट्र बैंकको भुमिका ठूलो छ र यसबीच उत्साहित ग्रोथ पनि भयो ।”

Citizen Life
Kumar Bank
Nepal Life

वाणिज्य बैंकहरूले वित्तीय बजारको कुल निक्षेपमा ८८ प्रतिशत र कर्जामा ८९ प्रतिशत होल्ड गर्छन् तर बैंकरहरू कहिलेकाहीँ आफैं आत्तिएर समस्या हुने गरेको अनुभव उनले सुनाए । “वित्तीय क्षेत्रको ९० प्रतिशत जिम्मेवारी बोकेकाले धेरै जिम्मेवारी छ । कोरोनापछि सबै परिस्थित सहज बनिसक्दा पनि हामी आत्तियौं,” तरलताको अभावको प्रसंग जोड्दै उनले भने, “बैंकरमात्र हैन, व्यवसायी पनि आत्तियौं । हामी बैंकहरू पनि आत्तिइहाल्छौं क्या.. जहाजै डुब्छ कि ! हाम्रो पोर्टफोलियो नै डुब्छ कि ! नाफा नै डुब्छ कि ! भन्ने मानसकिकतालाई पनि व्यवस्थापन गर्न जरूरी छ ।”

सरोकारवाला सबै कुल माइन्डमा हुन र आफूहरू के के विषयमा चुकिरहेको केलाउन आवश्यक रहेको उनले बताए ।

यसबीचमा कसैले पनि बैंकबाट बाहिरिएको पैसा कता गयो भन्ने खोजी नगरेको उनको बुझाइ छ । “सस्तो ब्याज दिएका कारणले पैसा अन्तै जाने हो कि ? कर्जा गएको पैसा बैंकिङ क्षेत्रमा आयो कि आएन त्यो पनि प्रश्न छ,” उनले भने ।

यद्यपी वाणिज्य बैंकहरूको ठोस लागत, तरलताको पर्याप्तता, वित्तीय सूचकांक, आर्थिक गतिविधिका सुचाकांकमा थप सुधार ल्याउन संघ र कार्यसमिति सदस्य एकबद्ध भए काम गर्न तत्पर रहेको उनले सुनाए ।

“हाम्रो जिम्मेवारी निभाउछौं,” अध्यक्ष उपाध्यायले भने, ” हामी आत्तिएर हैन, सबै मिलेर अगाडि बढ्यौं भने सबैको भलो हुनेछ । छलफल गरौं । बैंक, व्यवसायी र राष्ट्र बैंक तीनै पक्ष कन्भिन्स होऔं । हाम्रो डोरी एकअर्कासँग बाँधिएको छ । एक्लाएक्लै दौडन थाल्यौं भने सबै लड्छौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्