Shikhar Insurance

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । बिहीबार २ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार १ हजार ४ सय रुपैयाँले बढेको हो ।आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा करोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

शुक्रबार चाँदी प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्