Shikhar Insurance

परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १६:४५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विभिन्न समस्याहरुको समाधान गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित जनताका विभिन्न समस्या र गुनासोहरुलाई सम्बोधन गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले खाडी मुलुकमा नेपालीहरुको पारिश्रमिक अन्य देशका नागरिकको तुलनामा असमान भएको भन्दै ध्यानाकर्षण गराए । उनले सो समस्यालाई नेपालले परराष्ट्र मन्त्रालयमार्फत समाधान गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले कुटनीतिक आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन हुन सकेन भनेर प्रश्न गरे । उनले हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको उद्धारका लागि के पहल भइरहेको छ भनेर पनि प्रश्न गरे । उनले नेपाल भारतबिचको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले चीन सरकार नेपालसँग विश्वस्त नभएको धारणा राख्य । उनले नेपालको एक चीन नीति हुनेमा चिनको चासो रहेको भन्दै नेपालको उच्चस्तरिय भेटवार्ताको क्रममा चिनले आशंका व्यक्त गर्ने गरेको बताए । उनले चिनलाई विश्वस्त बनाउन के गरिरहेका छौं भनि प्रश्न गरे ।

राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीले नेपाली युवाहरु युरोप गएर रोजगारी गरिरहेपनि त्यहाँ जान कानूनी जटिलताहरु रहेका भन्दै सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले युरोप भिसा सेन्टर नेपालमा स्थापना गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले देशको नीति पार्टीमुखि र नेतामुखि बन्ने गरेको भन्दै कुटनीतिक मूल्य, मान्यता र अन्तर्राष्ट्रिय परम्पराको बारम्बार उल्लंघन हुने गरेको बताए । उनले भारतसँगको सीमा समस्या कहिले समाधान हुन्छ भनि प्रश्न समेत गरे । उनले विदेशमा नेपाली दुतावासको संख्या बढाउनुपर्ने पनि बताए ।

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नेपाल भारतसँग भएको सन्धी, सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने बताइन् । उनले सुस्ताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले विदेशमा रहेका नेपाली कामदारहरुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताए । उनले अन्य राष्ट्रप्रति धेरै आश्रित हुनु नहुने भन्दै नेपाली कामदारहरुलाई स्वदेश फर्काएर रोजगारी दिनुपर्ने बताए ।
राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायाले नेपालका आन्तरिक विमानस्थलहरु व्यस्त हुने नीति निर्माण गर्नुपर्ने बताए । उनले पोर्चुगलमा छिटोभन्दा छिटो नेपाली दुतावास खोल्न सरकारको ध्यानाकर्षण गराए । उनले देशको परराष्ट्र नीतिमा राष्ट्रिय एकता कायम हुनुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की आछामीले सेवा निवृत्त कर्मचारी र राजनीतिक दलका बुढापाका नेताहरुलाई राजदुत बनाउँदाखेरी त्यसबाट राम्रो प्रतिफल आउन नसकेको बताए । उनले राजदुतहरुलाई सरकारले काम दिन सक्नुपर्ने र सो काम उनीहरुले पूरा गरे÷नगरेको मूल्यांकन हुनुपर्ने बताए । उनले राजदुतले वैदेशिक लगानी भित्राउन सक्यो÷सकेन, कुटनीतिक समस्या समाधान ग¥यो÷गरेन भन्ने कसिमा पनि उसको काम हेर्नुपर्ने बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रिय सभा सदस्यहरुले गराएको ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आवश्यक काम, कारबाहीहरु अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्