Shikhar Insurance

भारी वर्षाका कारण भारतको मणिपुरमा मङ्गलबारसम्म शैक्षिक संस्था बन्द रहने

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १७:००
NIMB
Nabil Bank

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय बन्द हुने भएको छ । मणिपुरमा सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन बिरेनले बताएका हुन् ।

राज्यमा विगत दुई दिनदेखि विशेषगरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । इम्फाल पश्चिम क्षेत्रको कान्चिपुर र तेरालगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेकोले धेरै घर र सवारी साधनमा क्षति पुगेको मुख्यमन्त्री बिरेनले जनाएको छ । इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्ला मध्ये एक हो । यो राज्यको सबैभन्दा जनसङ्ख्या भएको जिल्ला समेत हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कूल र कलेजहरू बन्द रहनेछन् । वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताए ।

यसैबीच भारतका केही भूभाग विशेषगरी पूर्वी, दक्षिणी र मध्य क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्