Shikhar Insurance

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १८:४६
NIMB
Nabil Bank

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

कुल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा ३५ सदस्य उपस्थित थिए । उपस्थित २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरेका थिए । यस्तै १२ प्रदेशसभा सदस्यले उनको विपक्षमा मतदान गरेका थिए । एक सदस्य भने तटस्थ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्न सभासमक्ष राखेका प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त सङ्ख्या प्रदेशभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राखेका प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले) का १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक एक गरी ४० सदस्य रहेका छन् । प्रदेशसभाको अर्को बैठक यही वैशाख १७ गते दिउसो ३ः०० बजे बस्ने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्