Shikhar Insurance

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १२:२०
NIMB
Nabil Bank

कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ ।

धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आर्थिक वर्षमा प्रतिपुल ४० लाख विनियोजन गरिएको छ । चप्टे नदीमा पुल निर्माण गर्न २ करोड ९७ लाख, मटेलीमा ३ करोड २६ लाख र चौकीगडा पुलका लागि ४ करोड ७० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

यसैगरी, कालाखोल– लामगाडा पुल  ४ करोड ५  लाख, नकुराडी खोलाको पुल ३ करोड ८२ लाख, कैलालीको हाटखोली र ग्वासी खोलामा बन्ने पुलका लागि क्रमशः ५ करोड १९ लाख र ४ करोड ५० लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी उनले दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्