Shikhar Insurance

व्यवसाय मेलाले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई अझ विस्तार गर्नेछ : निर्देशक राणा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १८:१८
NIMB
Nabil Bank

काठमाडौं । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक सरद बिक्रम राणाले बैशाख १७ गतेदेखि सुरु हुने आर्थिक तथा व्यवसाय मेलाले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार हुने बताएका छन् । उनले आज एक पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

निर्देशक राणाले नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिव्वतको वाणिज्य विभागबीच सम्झौता अनुसार प्रत्येक दुई वर्षमा हुने मेला आयोजना यो वर्ष नेपालले गर्ने जानकारी दिदै मेला बैशाख १७ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा हुने बताए । नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार र चीनतर्फको निकासीलाई माथि लाने मेलाको प्रमुख उद्देश्य रहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत) को तर्फबाट ५० र नेपालको तर्फबाट १५ स्टलहरु रहने जानकारी दिदैँ उनले चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरु, घरायशी प्रयोगका साधनहरु, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरु, परम्परागत धुप, द्विपाँग्रे, तीन पाँग्रे र चार पाँग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशाधनका अतिरिक्त बिभिन्न व्यापारिक कम्पनीहरुले समेत भाग लिने जनाए ।

यसै गरी, व्यापार तथा निकासी प्रवर्धन केन्द्रका बरिष्ठ अधिकृत कृष्ण राज बजगाईँले मेलामा नेपाली स्टलहरुमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकलारकाष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरु प्रदर्शन गरिने जानकारी दिए । मेलाको अवसरमा दुई पक्षबीच बिजनेश टु बिजनेब, बिजनेश टु गभर्मेन्ट र गभर्मेन्ट टु गभर्मेन्ट लगायतका व्यावसायिक छलफल हुने अधिकृत बजगाईँले बताए ।

मेलामा सर्वसाधारण तथा विद्यार्थी लगायत सम्पूर्णलाई प्रवेश निःशुल्क गरिएको संस्थाले जनाएको छ । राणाले भने,’व्यापार मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत) का सरकारी प्रतिनिधिको रुपमा चीनको स्वशासित क्षेत्र तिव्बत सरकारका उपाध्यक्ष महामहीम LANG PUKUAN को नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना व्यापारी प्रतिनिधिहरु सहभागिता रहनेछन् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्