दर्जन बढी वाणिज्य बैंकको ‘सीडी’ले सीमा नाघ्यो, इन्भेष्मेण्टले ९६ कटाउँदा कसको कति ? (सूची)

काठमाडौं । दर्जन बढी वाणिज्य बैंकले कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकले तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा कटाएपछि यी बैंकले नयाँ कर्जा रोकेका हुन् । सिंहदरबारलाई प्राप्त तथ्यांकअनुसार कात्तिक मसान्तसम्म दर्जन बढी बैंकको सीडी रेसियो सीमाभन्दा माथि छ । राष्ट्र बैंकले चालु आर्थिक मौद्रिक नीतिमार्फत् यसअघि लागू ८५ प्रतिशतको कर्जा–पुँजी–निक्षेप (सीसीडी) रेसियोलाई खारेज गरी ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको हो । तथ्यांकअनुसार कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो नै ९०.३७ प्रतिशत कायम छ । सो अवधिमा १३ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतमाथि छ । सीमा कटाएका बैंकहरुमध्ये पनि नेपाल इन्भेष्टमेण्ट बैंकको सीडी रेसियो ६७.५० प्रतिशत पुगेको छ । बैंकले थप निक्षेप संकलन नै नगरी पास भइसकेको कर्जा भुक्तान गर्दा सीडी शतप्रतिशतको हाराहारीमा पुगेको हो । कात्तिक मसान्तसम्म कृषि विकास बैंकको ९४.९८ प्रतिशत, कुमारी बैंकको ९३.९० प्रतिशत, नेपाल एसबीआई बैंकको सीडी रेसियो ९३.५६ प्रतिशत र सिटिजन्स बैंकको ९२.४३ प्रतिशत सीडी रेसियो कायम छ । सो अवधिमा ग्लोबल आइएमई, प्राइम, बैंक अफ काठमाण्डू, मेगा र सिभिल बैंकले ९१ प्रतिशत बढी सीडी रेसियो कायम गरेका थिए । साथै, एनसीसी, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ९० प्रतिशत बढी छ । यस्तै, ६ वटा बैंकको सीडी ८९ भन्दा बढी छन् भने … Continue reading दर्जन बढी वाणिज्य बैंकको ‘सीडी’ले सीमा नाघ्यो, इन्भेष्मेण्टले ९६ कटाउँदा कसको कति ? (सूची)