सेयर धितोमा १ खर्ब बढी कर्जा जाँदा राष्ट्र बैंकको निर्देशनले फिर्ता ल्यायो साढे ४ अर्ब

काठमाडौं । राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा वित्त कम्पनीले साढे ४ अर्ब रुपैयाँ सेयर धितो कर्जा  लिएका छन् । १ खर्ब रुपैयाँभन्दा बढी यस्तो कर्जा प्रवाह गरेका बैंक तथा वित्त कम्पनीले ऋणीबाट धमाधम फिर्ता लिन थालेका हुन् । नेपाल राष्ट्र बैंकले प्रवाह भएका सेयर धितो कर्जालाई एक वर्षभित्र तोकिएको सीमामा ल्याउन निर्देशन दिए पछि बैंक तथा वित्त कम्पनीले २ महिनामै ४ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ फिर्ता लिएको र तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकले गत साउन २९ गते मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको थियो । जसअनुसार बैंक तथा वित्त कम्पनीबाट एक जना ऋणीले सेयर धितो मूल्याङ्कनमा ४ करोड रुपैयाँ र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र कर्जा लिन पाउँछन् । यदी बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोमा कर्जा दिएको भए २०७८ साउन २९ मा सीमामा ल्याइसक्नु पर्ने हुन्छ । यद्यपि तोकिएको सीमाभन्दा कम कर्जा दिएका बैंकहरुले भने धितो मुल्यांकनको आधारमा थप सेयर कर्जा दिन पाउछन् । सोहीअनुसार सीमाभन्दा बाहिर सेयर धितो कर्जा दिएका बैंक तथा वित्त कम्पनीले क्रमशः कर्जा फिर्ता लिइरहेका छन् । तर, सीमाभन्दा कम कर्जा दिएकाहरुले बैंक वित्त कम्पनीहरुले भने राष्ट्र बैंकको निर्देशन पछि समेत कर्जा थप गरेका छन् । राष्ट्र बैंकले सेयर धितोमा नयाँ व्यवस्था … Continue reading सेयर धितोमा १ खर्ब बढी कर्जा जाँदा राष्ट्र बैंकको निर्देशनले फिर्ता ल्यायो साढे ४ अर्ब