धितोपत्र बोर्डको अध्यक्ष ‘बन्ने’ भन्दा बनाउनेहरुको प्रतिष्पर्धा तिब्र किन हुँदैछ ?

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तीका लागि कात्र्तिक ११ गते आवेदन खुलेको थियो । त्यसको १५ दिन अर्थात कात्र्तिक २५ गतेसम्ममा १२ जनाले आवेदन दिए । बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नबराज अधिकारी, बोर्डकै पूर्व कर्मचारी डा. जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्ट, पूर्व एनआरएन रमेश हमाल, सहरी विकास कोषको उपनिर्देशक डा. अनिल पौडेल, अम्बिका शर्मा, डा. केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका छन् । बोर्ड अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा अर्थ सचिव मधु मरासिनी र प्रा.डा. नारायण प्रसाद पौडेल रहेको छनौट समितिले काम गरिरहेको छ । बोर्ड अध्यक्ष बन्नेहरु भन्दा बनाउनेहरुको सक्रियता यतिबेला लोभलाग्दो छ । बिशेष गरि व्यवसायीक घराना र त्यसका बिचौलियाहरुले राजनीतिक तथा व्यवसायीक क्षेत्रमा लबिङ गरिरहेका छन् । उनीहरु आफु अनुकुल व्यक्तिलाई बोर्ड अध्यक्ष बनाएर बोर्डबाट आफ्ना काम गराउन चाहान्छन् । बोर्ड अध्यक्ष बन्न बनाउन यत्रो चासो किन ? धितोपत्र बोर्डले तत्कालै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बाढ्दैछ । त्यति मात्रै होइन, कमोडीटी एक्सचेञ्ज कम्पनीको लाइसेन्स पनि बाढ्ने तयारी छ । झण्डै तीन दर्जन भन्दा बढी ब्रोकरको … Continue reading धितोपत्र बोर्डको अध्यक्ष ‘बन्ने’ भन्दा बनाउनेहरुको प्रतिष्पर्धा तिब्र किन हुँदैछ ?