हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदै, यस्तो छ कारण !

काठमाडौं । हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिने पक्का भएको छ । बिग मर्जरमा तदारुकता नदेखाउँदा यी बैंकबीचको मर्जर भाँडिनै लागेको हो । आपसमा मर्जरको प्रारम्भिक सहमति गरी गत वैशाख ३० गते नै राष्ट्र बैंक पुगेका हिमालयन र इन्भेष्टमेण्ट बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृती पाएको थिए । मर्जर नीतिअनुसार राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृत पाएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती लिनुपर्ने हुन्छ । तर, भदौ २० गते बित्दापनि उनीहरुले अन्तिम स्वीकृति लिन सकेका थिएनन् । तर, सैद्धान्तिक स्वीकृत पाएको ३ महिनासम्म आवश्यक प्रक्रिया पुरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन यी बैंकहरुले राष्ट्र बैंकमा आग्रह गरेपछि गत असोज १९ गते ३ महिनाका लागि समय थप भएको थियो । यी बैंकलाई केन्द्रीय बैंकले मर्जरका लागि दिएको अन्तिम मौका यही मंसिर २० गते समाप्त हुँदैछ । बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका दुवै बैंकले आवश्यक सबै प्रक्रिया पुरा गरी बढीमा १५ दिनभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिइसक्नु पर्छ । तर, यो १५ दिनभित्रै सो प्रक्रिया पुरा हुन असम्भव छ । कारण हो, हिमालयन बैंकले हालसम्म वार्षिक साधारणसभा समयमै बोलाउने तदारुकता नदेखाउनु । बिग मर्जरको सम्झौता यसरी भाँडिदै दुवै बैंकले आ–आफ्नो साधारण सभामा मर्जरको प्रस्ताव पारित गरेपछिमात्र राष्ट्र बैंकले एकीकृत कारोबारका लागि अन्तिम … Continue reading हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदै, यस्तो छ कारण !