Shikhar Insurance

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदै, यस्तो छ कारण !

दिलु कार्की
२०७८ मंसिर ५, आईतवार १९:३३
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिने पक्का भएको छ । बिग मर्जरमा तदारुकता नदेखाउँदा यी बैंकबीचको मर्जर भाँडिनै लागेको हो ।

आपसमा मर्जरको प्रारम्भिक सहमति गरी गत वैशाख ३० गते नै राष्ट्र बैंक पुगेका हिमालयन र इन्भेष्टमेण्ट बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृती पाएको थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

मर्जर नीतिअनुसार राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृत पाएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती लिनुपर्ने हुन्छ । तर, भदौ २० गते बित्दापनि उनीहरुले अन्तिम स्वीकृति लिन सकेका थिएनन् ।

तर, सैद्धान्तिक स्वीकृत पाएको ३ महिनासम्म आवश्यक प्रक्रिया पुरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन यी बैंकहरुले राष्ट्र बैंकमा आग्रह गरेपछि गत असोज १९ गते ३ महिनाका लागि समय थप भएको थियो । यी बैंकलाई केन्द्रीय बैंकले मर्जरका लागि दिएको अन्तिम मौका यही मंसिर २० गते समाप्त हुँदैछ ।

बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका

दुवै बैंकले आवश्यक सबै प्रक्रिया पुरा गरी बढीमा १५ दिनभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिइसक्नु पर्छ । तर, यो १५ दिनभित्रै सो प्रक्रिया पुरा हुन असम्भव छ । कारण हो, हिमालयन बैंकले हालसम्म वार्षिक साधारणसभा समयमै बोलाउने तदारुकता नदेखाउनु ।

बिग मर्जरको सम्झौता यसरी भाँडिदै
दुवै बैंकले आ–आफ्नो साधारण सभामा मर्जरको प्रस्ताव पारित गरेपछिमात्र राष्ट्र बैंकले एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत दिन्छ ।

कुनैपनि पब्लिक कम्पनीले कम्तिमा २१ दिन अघि सार्वजनिक सुचना प्रकाशित गरेर साधारण सभा बोलाउनु पर्ने हुन्छ । तर, हिमालयन बैंकले हालसम्म साधारणसभा (एजीएम)नै बोलाएको छैन । हिमालयन बैंकले साधारण सभा नबोलाएकै कारणले गर्दा थप भएको समयमा समेत मर्जर हुन नसक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

‘एजीएम कल गर्नुभन्दा २१ दिन अघि नोटिस निकाल्नु पर्छ, अब नोटिस निकाले पनि हिमालयनले थप पाएको समयलाई कभर गर्न भ्याउँदैन,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘अन्तिम मौका भनेर ३ महिनाको समय थप दिएका थियौं तर यो समयमा पनि यी बैंकले मर्जरको प्रक्रिया पुरा गर्न नसक्ने देखियो ।’

पेचिलो बन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर, भाँडिए के हुन्छ ?

वार्षिक साधारणसभाको सूचना निकाल्न ढिलाई हुनुको तात्विक कारण दिएर बैंकले मर्जर सम्पन्न गर्ने प्रतिबद्धता गरेमा बढीमा १ महिनाको समय थप हुनसक्ने उनको भनाइ छ ।

राष्ट्र बैंकको मर्जर नीतिअनुसार मर्जर तथा प्राप्तिका लागि आपसी समझदारी गरी राष्ट्र बैंक पुगेका बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक स्वीकृति पाएको ३ महिनाभित्र अन्तिम स्वीकृतिका लागि प्रक्रिया पुरा गरिसक्नुपर्ने हुन्छ । कारणबस ढिलाइ भएमा राष्ट्र बैंकमा निवेदन दिएर एक पटकका लागि मात्र थप ३ महिना समय माग गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार यी २ बैंकले सहमतिअनुसार मर्जरलाई मुर्तरुप दिन राष्ट्र बैंकबाट अन्तिम मौका पाएका थिए ।

अन्तिम मौका माग्दा यी बैंकहरुले राष्ट्र बैंकमा साधारणसभा सम्पन्न गर्न समय लाग्ने कारण देखाएका थिए । सो कारणलाई मान्यता दिँदै अन्तिम मौका स्वरुप ३ महिना थप दिएको प्रवक्ता ढकाल बताउँछन् ।

इन्भेष्टमेण्टसँगको बिग मर्जरबाट यसरी पछि हट्यो हिमालयन

नेपाल इन्भेष्टमेण्ट बैंकले गत सातामात्रै साधारण सभाको मिति तय गरेको छ । साधारणसभाको एउटा प्रस्ताव मर्जर पनि हो । बिग मर्जरमा इन्भेष्टमेण्ट सकारात्मक नै भएपनि पछिल्लो समय हिमालयन बैंक मर्जरबाट टाढिँदै गएको दखिन्छ ।

दुई बैंकबीच मर्जरको प्रक्रिया प्रारम्भ हुँदा हिमालयनको अध्यक्षमा कर्मचारी सञ्चय कोषका पुर्व प्रशासक तुल्सी गौतम थिए । गौतमलाई सरकारले स्पष्टिकरण सोध्दै कोषबाट बर्खास्त गर्यो । सँगै उनी हिमालयन बैंकका अध्यक्ष पदबाट समेत हटे ।

कर्मचारी सञ्चय कोषका प्रशासक गौतम पदमुक्त, के हुन्छ हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जर ?

अहिले कोषका तर्फबाट कामु प्रशासक जितेन्द्र धितालले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् । हिमालयन बैंकमा कोषको १४ प्रतिशत लगानी छ ।

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर गराउने कामको मुल जिम्मेवारी सम्हालिरहेका गौतमको बहिर्गमनले असन्तुष्ट समुहलाई मर्जर प्रक्रियाबाट हट्न थप बल पुग्यो । हिमालयन बैंक भित्र लगानीकर्ताको एक र कर्मचारीहरुको एक गरी कुल २ समूहले इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा व्यापक असन्तुष्टि राख्दै आएका थिए ।

हिमालयन बैंकको अध्यक्षबाट हटाईए गौतम, के होला नेपाल इन्भेष्टमेन्टसँगको मर्जर ?

यी दुई बैंकको मर्जर भइ बन्ने बैंक एक पारिवारिक घरानाको स्वामित्वमा हुने भन्दै हिमालयन बैंकका राणा र थापा समुहतिरका लगानीकर्ताले मर्जरको विरोध गरिरहेका थिए । हिमालयन बैंकको तर्फबाट मर्जर कमिटी संयोजकमा सञ्चालक सुनिल थापा छन्, जो राणा र पाँडेमा पारिवारिक सम्बन्ध भएका व्यक्ति हुन् ।

मर्जरविपक्षी समूहले इन्भेष्टमेण्ट बैंकका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाँडे परिवारले हिमालयन बैंकलाई कौडीको भाउमा कब्जा गर्न लागेको आरोप लगाउँदै मर्जर बिथोल्न खोजेको थिए ।

मर्जर बिथोल्ने प्रमुख भूमिका हिमालयन बैंकका हालका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले नै खेलिरहेका छन् भने, उनको समूह अहिले बहुमतमा छ ।

प्रचण्ड श्रेष्ठ बने हिमालयनको नयाँ अध्यक्ष, इन्भेस्टमेन्टसँगको मर्जर के होला ?

हिमालयन बैंकका तत्कालिन अध्यक्ष गौतमले पृथ्वीबहादुर पाँडेसँगको मिलेमतोमा दुई बैंक मर्जरको सेटिङ मिलाएका थिए । तर, उनी कोषको प्रशासक र बैंकको अध्यक्षबाट बाहिरिएसँगै मर्जरको विपक्षमा रहेका हिमालयन बैंकका लगानीकर्ताहरु सक्रिय भइ मर्जर भाँडेका हुन् ।

हिमालयनको ‘मर्जर ब्रेक’ रणनीति
हिमालयन बैंकले साँच्चै मर्जर गराउन चाहन्थ्यो भने समयमै वार्षिक साधारण सभा सम्पन्न गरी सकेको हुन्थ्यो । हिमालयनले राष्ट्र बैंकबाट असोज दोस्रो साता नै गत वर्षको वित्तीय विवरणमा ‘प्रिलिमिनरी एप्रुभल’ अर्थात् प्रारम्भिक स्वीकृत पाएको थिए ।

राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृत पाएर समेत असोजको तेस्रो सातामात्र हिमालयन बैंकले लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिने घोषणा असोज २२ गते त ग¥यो तर ढेड महिना बित्दा समेत उक्त लाभांश पारित गर्ने वार्षिक साधारणसभा भने तय गरेको छैन ।

हिमालयनभन्दा २ साता पछि लाभांश घोषणा गरेको इन्भेष्टमेण्ट बैंकले साधारणसभा बोलाइ सकेको छ । बैंकले यही मंसिर १७ गते वार्षिक साधारण सभा बोलाएको हो ।

साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेपछि बैंकलाई हिमालयन बैंकसम्म मर्जर भएर एकीकृत कारोबार गर्न कुनै रोकावट हुँदैन । तर, हिमालयन बैंकले वार्षिक साधारणसभामा मर्जरको प्रस्ताव गर्नु त टाढाको कुरा लाभांश घोषणा गरेको ४५ दिन बितिसक्दा समेत घोषित लाभांश खातामा पठाउने सुरसार गरेको छैन ।

कल्पित ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक’ को स्वरुप
दुई बैंकको मर्जर अहिलेसम्मकै ठूलो मर्जर भनिएको थियो । उनीहरूबीच वैशाख ३० गते नै मर्जरको सम्झौता भएको थियो । हिमालयन बैंकका तत्कालीन अध्यक्ष गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेले बिग मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

एक भए हिमालयन र इन्भेस्टमेन्ट, दुई महिनाभित्र एकीकृत कारोबार

त्यतिबेलै दुई बैंक मिलेर बन्ने नयाँ बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक’ को एकीकृत कारोबार २ महिनाभित्र सुरू हुने बताइएको थियो ।

नयाँ बैंकको अध्यक्ष इन्भेष्टमेण्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत हिमालयन अशोक राणा हुने तय भएको थियो । इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुने सहमति भएको थियो ।

यसअघि हिमालयन बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज वा प्राप्ति गरेको थिएन भने इन्भेष्टमेण्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर गरेको थियो ।

१ बराबर १ को स्वाप रेसियोमा मर्ज भएर नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुने बताइएको थियो ।

बिग मर्जर : नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट’, अशोक राणा सीईओ, ज्योति पाण्डे डेपुटी, पाँडे अध्यक्ष

GBIME

प्रतिक्रिया दिनुहोस्