घटेको सेयर बजारमा पनि यसरी गर्न सकिन्छ नाफा : उम्दा सेयर खेलाडीहरुको टिप्स

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ । अत्याधिक अपेक्षित ४/१२ को नीति संशोधन नहुँदा लगानीकर्ताले ‘प्यानिक सेल’ गर्न उद्धत भएका हुन् । तर, घटेको सेयर बजारबाट समेत कतिपय लगानीकर्ताले नाफा बटुलिरहेका हुन्छन् । अहिले लाभांशको सिजन छ, अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् भने केही कम्पनीहरको बाँकी नै छ । यो सिजनमा नियमक निकायको नीतिगत प्रभावमा भन्दा कम्पनीले गत वर्षको मुनाफाबाट दिने लाभांशको मूल्यांकन गरेर लगानीकर्ता सेयर खरिद बिक्री गर्दा बढी फाइदा हुन्छ । सेयर धितो कर्जाको क्याप संशोधन नहुँदै हतोत्साहित भएर सेयर बिक्री गर्नु मुर्खता रहने सेयर बजारका जानकार बताउँछन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको छ । उक्त व्यवस्थाका कारण सेयर धितो राखेर एक बैंकबाट बढीमा ४ करोड र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन पाइन्छ । यो नीतिले सेयर धितो कर्जा राखेरै बजारमा लगानी गर्न लगानीकर्तालाई असर गरेको भन्दै विभिन्न समूहले चरम विरोध गरेका थिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा सेयर कजाको ४/१२ सीमा परिमार्जनका लागि राष्ट्र बैंकदेखि अर्थमन्त्रालय हुँदै प्रधानमन्त्री समक्ष नै लगानीकर्ता समूह गुहार लगाउन पुगेका थिए । गुहारमा विचार मनन गर्नु भन्ने सान्त्वना पाएका लगानीकर्ताले नीतिगत व्यवस्थामा सहुलियत नपाउँदा ‘प्यानिक सेल’ … Continue reading घटेको सेयर बजारमा पनि यसरी गर्न सकिन्छ नाफा : उम्दा सेयर खेलाडीहरुको टिप्स