Shikhar Insurance

घटेको सेयर बजारमा पनि यसरी गर्न सकिन्छ नाफा : उम्दा सेयर खेलाडीहरुको टिप्स

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ । अत्याधिक अपेक्षित ४/१२ को नीति संशोधन नहुँदा लगानीकर्ताले ‘प्यानिक सेल’ गर्न उद्धत भएका हुन् ।

तर, घटेको सेयर बजारबाट समेत कतिपय लगानीकर्ताले नाफा बटुलिरहेका हुन्छन् । अहिले लाभांशको सिजन छ, अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् भने केही कम्पनीहरको बाँकी नै छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो सिजनमा नियमक निकायको नीतिगत प्रभावमा भन्दा कम्पनीले गत वर्षको मुनाफाबाट दिने लाभांशको मूल्यांकन गरेर लगानीकर्ता सेयर खरिद बिक्री गर्दा बढी फाइदा हुन्छ । सेयर धितो कर्जाको क्याप संशोधन नहुँदै हतोत्साहित भएर सेयर बिक्री गर्नु मुर्खता रहने सेयर बजारका जानकार बताउँछन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको छ । उक्त व्यवस्थाका कारण सेयर धितो राखेर एक बैंकबाट बढीमा ४ करोड र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन पाइन्छ ।

यो नीतिले सेयर धितो कर्जा राखेरै बजारमा लगानी गर्न लगानीकर्तालाई असर गरेको भन्दै विभिन्न समूहले चरम विरोध गरेका थिए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा सेयर कजाको ४/१२ सीमा परिमार्जनका लागि राष्ट्र बैंकदेखि अर्थमन्त्रालय हुँदै प्रधानमन्त्री समक्ष नै लगानीकर्ता समूह गुहार लगाउन पुगेका थिए । गुहारमा विचार मनन गर्नु भन्ने सान्त्वना पाएका लगानीकर्ताले नीतिगत व्यवस्थामा सहुलियत नपाउँदा ‘प्यानिक सेल’ गरेको प्रष्ट हुन्छ ।

बजार घट्दा सेयर खरिद बिक्रीमा यसरी विवेक प्रयोग गर्नुस्ः तुलसीराम ढकाल, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष

निरन्तर घटिरहेको बजारबाट सक्रिय लगानीकर्ताहरु समेत धमाधम सेयर बिक्री गरेर निष्क्रिय भइरहेका छन् । तर, घट्दो बजारमा पनि स्वविवेक प्रयोग गरी सेयर कारोबार गर्दा राम्रो नाफा कमाउन सकिने सेयर बजारका अनुभवि लगानीकर्ता र उनीहरुका प्रतिनिधिहरु बताउँछन् ।

राष्ट्र बैंकले ४/१२ करोड रुपैयाँको नीति परिमार्जन नगरेकै कारणले लगानीकर्ता हतोत्साहित हुँदा निरन्तर सेयर बजार घटेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् ।

‘४/१२ को नीति परिवर्तन गरियोस् भन्दै राष्ट्र बैंकदेखि मन्त्रालयसम्म लबिङ गर्दा परिवर्तन होला भन्ने धेरै आशा सबैले गरेका थियौं, भएन । त्यसैले लगानीकर्ताले हतोत्साहित भएर सेयर बिक्री गरेका हुन् ।’ अध्यक्ष ढकालले सिंहदरबारसँग भने, ‘समीक्षाले यसलाई सम्बोधन गरेन राष्ट्र बैंकले अब ल्याउने सकुर्लरमार्फत् संशोधन गर्नु पर्छ ।’

तर, घटेको बजारबाट समेत स्वविवेक र फन्डामेन्टल प्रयोग गरी कारोबार गर्दा फाइदा लिन सकिने उनको भनाइ छ ।

वाणिज्य बैंकहरुको सेयर किन्ने वा बेच्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् आधारः

‘बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई दिने लाभांश वितरण गरिरहेका छन्, हामीले सधै राम्रो प्रतिफल दिने कम्पनीमा अहिले लगानी गर्दा पछि राम्रो फाइदा लिन सकिन्छ,’ उनले थपे, ‘संयम, सुजबुजका साथ आफूले कुन कम्पनीमा लगानी गरेको छु र किन बेच्दैछु भन्ने सोच्नु होला । धैर्य गरे जहिले पनि प्रतिफल पाइन्छ ।’

आत्तिएर सेयर बिक्री गर्नु भन्दा घटेको बेला कम्पनीको फन्डामेन्ट हेरेर सेयर खरिद गर्दा पछि राम्रो फाइदा हुने उनको भनाइ छ ।

अहिले बजार घटिरहेको बेलामा राम्रो प्रतिफल दिइरहेका कम्पनीहरको पनि मूल्य घटिरहेको छ । यो बेलामा त्यस्ता कम्पनी ग्रोथ हेरेर छनौट गरी लगानी गर्नुपर्ने सुझाव उनको छ ।

‘अहिले त्यस्तो कम्पनीका लगानी गर्नुपर्छ जुन कम्पनीले बजार घट्दा पनि रिर्टन राम्रो दिन सक्छ । यो बेला कम्पनी छनौट गर्दा भने अघिल्ला वर्षमा दिएको रिटर्न र भविष्यमा दिने रिर्टनलाई समेत मुल्यांकन र अनुमान गर्न गरेर यही बेला लगानी गरेर बस्दा कहिलै पछुताउनु पर्दैन । अहिले पैसा छ भने त्यस्ता कम्पनीमा लगानी गर्दा हुन्छ । पुँजी बजारमा पैसा कमाउने नै हो कहिल्यै गुमाउन पर्दैन तर, त्यसको लागि कम्पनी छनौट गर्न जान्नुपर्छ र समयमै निर्णय गर्ने क्षमता आफूसँग पनि हुनपर्छ । हल्लाको भरमा आत्तिएर अरुले बेच्यो भन्दैमा बेच्ने र किन्यो भन्दैमा किन्नेले कहिलै कमाउन सक्दैन । सही समयमा राम्रो कम्पनी किनेर बस्दा समय आएपछि राम्रो प्रतिफल सहित नाफा लिन सकिन्छ,’ फोरमका अध्यक्ष ढकालले भने ।

सेयर नीति परिमार्जनको आशा गर्नुभन्दा घटेको बेला कमजोर बैंकको सेयर किनेर फाइदा लिनुस्ः निर्मल प्रधान, लगानीकर्ता
प्रशस्त पैसा छ भने घटेको समयमै लामो समयका लागि सोचेर लगानी गर्दा राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गर्ने अहिले उत्तम समय भएको लगानीकर्ता निर्मल प्रधान बताउँछन् ।

‘बैंकहरुले सुन धितोमा राखेर ४/५ लाख रुपैयाँ कर्जा माग्दा दिन सक्दिनँ भन्छन्, राष्ट्र बैंकले सेयर कर्जाको नीति परिमार्जन गर्दैन । सेयर धितो राखेर बैंकबाट पैसा लिएर नाफा गर्छु भन्ने अब सपनामा मात्र हो, अझै सेयरको मूल्य घट्छ,’ लगानीकर्ता प्रधानले सिंहदरबारसँग भने, ‘अहिले बजार घटेको बेलामा राम्रो बोनस सेयर दिन बाँकी भएका बैंकको सेयर किन्दा पछि राम्रो फाइादा हुन्छ ।’

अहिले बैंकिङ क्षेत्रका कम्पनीहरुको सेयर मूल्यमा उच्च उतारचढाव भइरहेको यसअघि राम्रो लाभांश दिएका अहिले घोषणा गर्न बाँकी बैंकको सेयर खरिद गर्न उनको सुझाव छ ।

यी हुन् ठुला लगानीकर्ताः जसले बैंकबाट सेयर धितोमा अर्ब बढी ऋण लिएर बजारमा लगानी गरे

‘अहिले २/३ सय रुपैयाँमै बैंकको सेयर पाइन्छ, यस्तो अवस्थामा बोनस सेयर दिन बाँकी बैंकमा लगानी गर्दा घाटा छैन,’ उनले भने, ‘अन्य क्षेत्रका कम्पनीले भन्दा बैंकले जति नै भएपनि प्रत्येक वर्ष राम्रो लाभांश दिन्छन्, कमजोर वित्तीय अवस्था भएका बैंकको सेयर मूल्य घट्दो छ ती नै बैंकले राम्रो लाभांश दिन्छन्, मूल्य घटेको बेलामा सेयर किन्दा १ वर्षपछि दोब्बर फाइदा हुन्छ ।’

बैंकहरुले आगामी वर्षमा राम्रो नाफा आर्जनका लागि अहिलेदेखि नै कसरत गरिरहेको हुँदा अहिले खरिद गरिएको सेयरको प्रतिफल १ वर्षपछि दोब्बर पाइने उनको भनाइ छ ।

निषेधाज्ञामाझ सेयरमा लगानी कसरी गर्ने ? कसरी कमाउने ?

‘कर्जा दिन नसकेपनि पुरानै कर्जाको ब्याजदर बढाइरहेका छन्, अर्को वर्षहरु बेस्सरी नाफा गर्छन्, बोनस सेयर दिने साना बैंकहरुमा लगानी गर्दा घटेको बजारबाट फाइदा लिन सकिन्छ,’ उनले थपे, ‘एनसीसी बैंकको सेयर २ सय ९०/९२ मै पाइन्छ, यो बैैकले अहिले राम्रो गरिरहेको छ । अर्को वर्ष राम्रो प्रतिफल दिन सक्छ । यसबाहेक सिद्धार्थ, सानिमा, कुमारी, सिभिल, सिटिजन्स जस्ता साना बैंकहरुमा लगानी गर्दा अर्को वर्ष दोब्बर प्रतिफल लिन सकिन्छ ।’

अन्य क्षेत्रका कम्पनीहरुको तुलनाका बैंकको सेयर मूल्य धेरै नघट्ने र लाभांश समेत राम्रो वितरण गर्ने हुँदा बजार घटेको बेलामा सेयर खरिद गरेर भविष्यको नाफा अहिले नै सुनिश्चित गर्ने उनको सुझाव छ ।

लाभांशको सिजनमा पैसा हुनेले सेयर किन्दा घटेको बजारमा १५ दिनमै फाइदा हुन्छः छोटेलाल रौनियार, नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष
सेयर धितोको ४/१२ नीति संशोधन हुने आशामा बसेका लगानीकर्ता नै अहिले आत्तिएर सेयर बिक्री गरिरहेका छन् । लगानीकर्ताको आशा वा माग अनुसार राष्ट्र बैंकले नीति निर्माण गरोस् भन्ने लगानीकर्ता अहिले नहुँदा आत्तिएर सेयर बिक्री गर्न थालेको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । कम्पनीले दिने प्रतिफल नै मूल्यांकन नगरि होल्ड गरेको सेयर बिक्री गर्नुभन्दा घटेको मूल्यमै सेयर थप गर्दा १५/२० दिन मै फाइदा लिन सकिने उनको भनाइ छ ।

धितोपत्र बोर्डले भन्यो– यी ७ विषय विश्लेषण गरेर मात्र सेयर किन्नु, नत्र फसिएला !

‘राष्ट्र बैंकले सेयर नीति परिमार्जन गरेन भनेर लगानीकर्ता आत्तिएर रिसले सेयर बिक्री गर्दा बजार घटिरहेको छ तर, घटेको बजार भनेको पैसा हुनेलाई सेयर किन्ने मौका हो,’ निवर्तमान अध्यक्ष रौनियारले सिंहदरबारसँग भने, ‘अहिले त १५ महिनाको पाकेको ब्याज लाभांशबाट उठाउने सिजन हो, बोनसमार्फत् सेयरमा लगानी गरेका प्रतिफल दिने समयमा सेयर नीति परिवर्तन भएन भन्दैमा सेयर बिक्री गर्ने होइन कि थप खरिद गर्यो भने १५ दिनमै लाभांशमार्फत् फाइदा लिन सकिन्छ ।’

अघिल्ला वर्षमा राम्रो बोनस सेयर दिएका लाभांश घोषणा गर्न बाँकी कम्पनीको अहिले सेयर मूल्य घटेको भएमा त्यसको सेयर खरिद गर्दा १५/२० दिनमै फाइदा हुने उनको भनाइ छ ।

‘सेयर मूल्य अहिले औसतमै सबै कम्पनीहरुका ४०/५० प्रतिशतसम्मले घटेको छ । धेरै मूल्य घटेका तर बोनस दिन बाँकी वित्तीय अवस्था र पर्फमेन्स राम्रो भएका बैंक र माइक्रोफाइनान्समा फन्डामेन्टल बुझेर लगानी गर्दा घटेको बजारबाट १५ दिनमै फाइदा हुन्छ । बुझ्ने मान्छेले यो बेलामै सेयर किनेर फाइदा लिन्छन् भने, मुर्खले मात्र हो हल्लाको पछि लागेर कम्पनी नै नबुझी सेयर फाँक्ने । त्यसैले अहिले सेयर किन्ने बेला छ,’ रौनियारले भने ।

नीतिगत परिवर्तनको प्रभावमा नपरी ‘फन्डामेन्ट’ बुझेर यी कम्पनीमा गर्नुस् लगानी

वित्त कम्पनीहरू सुरक्षितः दिपेन्द्र अग्रवाल, लगानीकर्ता

लगानीकर्ता दिपेन्द्र अग्रवाल यस्तो बेलामा सेयर किन्दा कम्पनीको फन्डामेन्टल र आपूर्तिलाई बराबर मनन गरिनुपर्ने बताउँछन् ।

‘हामीले कुन कम्पनीको वित्तीय विवरण राम्रो छ ? ईपीएस राम्रो र राम्रो प्रतिफल कसले दिन्छ ? भन्ने हेर्नुपर्छ,’ अग्रवालले भने, ‘घटेको बेलामा सेयर किन्दा आधा भार यस्ता विषयलाई र आधा भार बजारको आपूर्तिलाई दिनुपर्छ ।’

कसैको सबै परिसूचक राम्रो भएर पनि बजारमा सेयर संख्या बढी छ भने त्यस्तो कम्पनी किन्नु नहुने यस्तो बताउँछन् । ‘मैले माथि भने अनुसार कम्पनीको सेयर किन्दा घट्दा कम घट्छ र बढ्दा बढी बढ्छ । यसको अर्थ वित्त कम्पनीहरुमा लगानी गर्दा सुरक्षित लगानी मान्न सकिन्छ,’ अग्रवालले थपे ।

राष्ट्र बैंकले नीति ल्याएर बैंक तथ वित्तीय संस्थालाई सेयरमा प्रत्यक्ष र कर्जाका रुपमा लगानी गर्न रोकेको छ भने अन्य नियमनकारी निकायले पनि आफ्नो नीतिगत व्यवस्थामार्फत् सेयर बजारलाई रोक्ने प्रयत्न गरेको आरोप उनको छ । उनले भने, ‘नियमन गर्ने नै बजार विरुद्ध हुँदा १५ लाख लगानीकर्ताका लागि अहिले निकै अप्ठेरो अवस्था सिर्जना भएको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्