एशियाकै उत्कृष्ट बैंक बन्यो एनएमबि बैंक, नेपालकै पहिलो

काठमाडौं । एनएमबी बैक एशियाकै उत्कृष्ट बैंक हुन सफल भएको छ । बैंकले बैंकअफ दि एशिया २०२१ अवार्ड प्राप्त गर्दै उत्कृष्ट बैंक हुन सफल भएको हो । बैंकलाई उक्त अवार्ड द फाईनान्सियल टाइमसको द बैंकर म्याकेजिनले प्रदान गरेको हो । सो अवार्ड प्राप्त गर्ने एनएमबी नेपालको पहिलो बैंक हो । द फाईनान्सियल टाइमसको द बैंकर म्याकेजिनले हरेक एशियाका सस्टेनेबल बैंकहरु मध्ये उत्कृष्टलाई दिने गरेको छ । यो वर्ष छनौटमा परेका ४८ वटा मुलुकका बैंकहरुमा एनएमबि बैंकले अवार्ड हात परेको हो । याे अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकलाई हस्तान्तरण गरेका हुन् ।