जीवन विकास लघुवित्तको सेयरमा घोटालाः सीईओ र पूर्व सीईओले नियमविपरित खरिद गरे सेयर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत (सीईओ) र पूर्व सीईओले नियमम विपरित सेयर खरिद गरेको पाइएको छ । संस्थाको सीईओ सञ्जयकुमार मण्डल र पूर्व सीईओ योगेन्द्र मण्डल लगायत उच्च व्यवस्थापनका कर्मचारीले पौने ५ लाख कित्ता सेयर नेपाल राष्ट्र बैंकको नियम विपरित खरिद गरेका हुन् । राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । गत आवमा संस्थाले पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । जसमा संस्थापक पदमा रहेको र पदबाट हटेको १ वर्ष नपुगेकाहरुले खरिद गर्न पाउँदैनन् । राष्ट्र बैंकको नियमअनुसार सो हकप्रद सेयरमा पदमा नरहेका संस्थापक र बाहिरकाहरुले मात्र खरिद गर्न पाउँथे । तर, बाहिरका संस्थापकले हकप्रद खरिद नगरेपछि पदमा आसिन संस्थापकहरुले नै ४ लाख ७८ हजार कित्ता हकप्रद सेयर खरिद गरेका हुन् । यसरी पदमा आसिन संस्थापकहरुले भने गैरकानुनी रुपमा सेयर खरिद बिक्री गरेको पाइएपछि केन्द्रीय बैंकले कारबाही गरेको छ । ‘संस्थापकहरुले पदमा रहँदासम्म र पदबाट हटेको १ वर्षसम्म आफ्नो संस्थाको सेयर कारोबार गर्न पाउँदैनन् । तर, जीवन विकास लघुवित्तका सञ्चालक, सीईओ, पूर्व सञ्चालक तथा पूर्व सीईओहरुले भने त्यसो गरेको पाइयो,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘संस्थापकहरुले गैरकानुनी रुपमा हकप्रद सेयर खरिद गरेपछि एक वर्षभित्र योग्य संस्थापक छनोट गरी सेयर … Continue reading जीवन विकास लघुवित्तको सेयरमा घोटालाः सीईओ र पूर्व सीईओले नियमविपरित खरिद गरे सेयर