Shikhar Insurance

जीवन विकास लघुवित्तको सेयरमा घोटालाः सीईओ र पूर्व सीईओले नियमविपरित खरिद गरे सेयर

एक वर्षभित्र बिक्री गर्न राष्ट्र बैंकको निर्देशन
दिलु कार्की
२०७८ मंसिर १५, बुधबार २१:०५
NIMB
Nabil Bank

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत (सीईओ) र पूर्व सीईओले नियमम विपरित सेयर खरिद गरेको पाइएको छ । संस्थाको सीईओ सञ्जयकुमार मण्डल र पूर्व सीईओ योगेन्द्र मण्डल लगायत उच्च व्यवस्थापनका कर्मचारीले पौने ५ लाख कित्ता सेयर नेपाल राष्ट्र बैंकको नियम विपरित खरिद गरेका हुन् ।

राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । गत आवमा संस्थाले पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । जसमा संस्थापक पदमा रहेको र पदबाट हटेको १ वर्ष नपुगेकाहरुले खरिद गर्न पाउँदैनन् । राष्ट्र बैंकको नियमअनुसार सो हकप्रद सेयरमा पदमा नरहेका संस्थापक र बाहिरकाहरुले मात्र खरिद गर्न पाउँथे ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, बाहिरका संस्थापकले हकप्रद खरिद नगरेपछि पदमा आसिन संस्थापकहरुले नै ४ लाख ७८ हजार कित्ता हकप्रद सेयर खरिद गरेका हुन् । यसरी पदमा आसिन संस्थापकहरुले भने गैरकानुनी रुपमा सेयर खरिद बिक्री गरेको पाइएपछि केन्द्रीय बैंकले कारबाही गरेको छ ।

‘संस्थापकहरुले पदमा रहँदासम्म र पदबाट हटेको १ वर्षसम्म आफ्नो संस्थाको सेयर कारोबार गर्न पाउँदैनन् । तर, जीवन विकास लघुवित्तका सञ्चालक, सीईओ, पूर्व सञ्चालक तथा पूर्व सीईओहरुले भने त्यसो गरेको पाइयो,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘संस्थापकहरुले गैरकानुनी रुपमा हकप्रद सेयर खरिद गरेपछि एक वर्षभित्र योग्य संस्थापक छनोट गरी सेयर बिक्री गर्ने निर्देशन दिएका छौं ।’

उक्त हकपद सेयर संस्थाका सीईओ, पूर्व सीईओ, पूर्व सञ्चालक र संस्थाका उच्च व्यवस्थापनकाले संस्थापक सेयर खरिद गरेका छन् । स्रोतका अनुसार हकप्रदमध्ये १ लाख कित्ताभन्दा बढी सेयर संस्थाकै सीईओ सञ्जय कुमार मण्डल र करिब २ लाख कित्ता संस्थाका पूर्व सीईओ योगेन्द्र मण्डलले खरिद गरेका हुन् ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागले गरेको निरीक्षणमा संस्थाका पदमा आसिन संस्थापकहरुले सेयर खरिद गरेको पाइएको हो ।

हकप्रद खरिद गर्ने सीईओ, सञ्चालक, पूर्व सीईओ र पूर्व संचालकलाई राष्ट्र बैंक लघुवित्त सुपरीवेक्षणले एक वर्षभित्रै खरिद गरेको सेयर बिक्री गर्न निर्देशन दिइसकेको ती अधिकारीले जानकारी दिए ।

‘राष्ट्र बैंकको निर्देशन बमोजिम तुरुन्तै फेस भ्याल्यु अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै प्रिमियम थप नगरी संस्थापक सेयर बिक्री गर्न निर्देशन दिइएको छ,’ स्रोतले थप्यो, ‘गत आवको अन्तिममा उनीहरुले नियमविपरित संस्थापक सेयर खरिद गरेको पाइएको थियो । उक्त मितिले एक वर्षभित्र ती संस्थापकले सार्वजनिक सुचना नै आह्वान गरी सेयर बिक्री गर्नुपर्ने हुन्छ, अहिलेसम्म जिवन विकासले ग¥यो भनेर आएको जानकारी छैन ।’

उनीहरुले होल्ड गरेका सेयर बिक्रीको आह्वानमा परेको आवेदनमा समेत राष्ट्र बैंकले स्वीकृत गरेमामात्र बिक्री गर्न सक्ने शर्त राखिएको छ । जसअनुसार अब संस्थाका संस्थापकहरुले बाहिरका लगानीकर्तालाई राष्ट्र बैंकले योग्य ठानेमा मात्र सेयर बिक्री गर्न सक्छन् ।

कुनै एक संस्थापकले २ प्रतिशतभन्दा कम सेयर खरिद बिक्रीका लागि राष्ट्र बैंकमा जानकारी मात्र गराए पुग्थ्यो । तर, जीवन विकासका नियम संस्थापकले नियम विपरित खरिद गरेका सम्पूर्ण सेयर बिक्री गर्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने बाध्यता थपिएको छ ।

स्रोतका अनुसार अब सेयर खरिद गर्छु भनेर आउनेलाई बिक्री गर्न पनि राष्ट्र बैंक नियमनले स्वीकृत गर्नुपर्ने हुन्छ । जसअनुसार पहिलो प्राथमिकतामा पदमा नरहेका संस्थापकलाई राख्नुपर्छ भने, बाहिरकालाई बिक्री गर्नुपर्दा पनि उनीहरु संचालक हुन योग्य छ वा छैन भनेर मुल्यांकन गरेर मात्र बिक्री गर्नका लागि स्वीकृति दिइन्छ ।

राष्ट्र बैंकको निर्देशन विपरित सेयर खरिद बिक्री गर्ने जिवन विकास लघुवित्त कारवाहीमा

‘एक वर्षभित्र सेयर बिक्री नै गरेर सेटलमेन्ट नगरेपनि बिक्रीको प्रक्रिया भने सुरु गरेको हुनुपर्छ अन्यथा अर्को पटक राष्ट्र बैंकको सुपरीवेक्षण पुग्दा सेयर खरिद गर्नेहरु दफा १०० बमोजिम काराबाहीमा पर्छन्,’ राष्ट्र बैंक स्रोतले थप्यो ।

राष्ट्र बैंकले गैरकानुनी रुपमा सेयर खरिद गर्ने संस्थापकहरुलाई अहिले स्पष्टीकरण सोधेर अन्तिम मौका दिएको हो । ती संस्थापकहरुले संस्थापक सेयर खरिद बिक्री सम्बन्धि नीति निर्देशनबारे थाहा नभएर सेयर कारोबार गरेको लिखित जवाफ राष्ट्र बैंकमा पेश गरिसकेका छन् ।

राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षणले नियमित निरिक्षण तथा सुपरीवेक्षण गरिहेका हुन्छन् । त्यसमा यसअघि पनि केही लघुवित्त वित्तीय संस्थाका सञ्चालक र सीईओहरुले संस्थापक सेयर बिक्री गरेको पाइएको थियो ।

दोश्रो बजारमा सूचिकृत भएपछि सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुको सूचीमा जीवन बीमा अग्रपंत्तिमा छ । कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता बुधबार ४३०५ रुपैयाँमा किनबेच भएको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको पुँजीकरण २६ अर्ब १९ करोड १६ लाख २० हजार रुपैयाँ छ । नेप्सेमा कम्पनीको कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत छ ।

नेप्सेमा कम्पनीको सेयर साउन १३ गते सूचीकृत भइ १३ गतेदेखि कारोबार सुरु भएको थियो । पहिलो कारोबार ९ सय १४ रुपैयाँमा भएको थियो । त्यसपछि निरन्तर बढेर कम्पनीको सेयर मूल्य ५५ सय १६ रुपैयाँसम्म पुगेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्