Shikhar Insurance

राष्ट्र बैंकको निर्देशन विपरित सेयर खरिद बिक्री गर्ने जिवन विकास लघुवित्त कारवाहीमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्र बैंकको निर्देशन विपरित काम गर्ने जिवन विकास लघुवित्त कारवाहीमा परेको छ । जिवन विकास लघुवित्तले केन्द्रीय बैंकको निर्देशन विपरित संस्थाका संस्थापकहरुले सेयर खरिद बिक्री गर्दा कारवाहीमा परेको हो ।

राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार सो हकप्रद सेयर पदमा रहेका संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म सेयर खरिद बिक्री गर्न पाउँदैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तर जिवन विकास लघुवित्तका संस्थापकहरुले भने गैर कानुनी रुपमा सेयर खरिद बिक्री गरेको पाइएपछि कारवाही गरिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘संस्थापकहरुले पदमा रहँदासम्म र पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर कारोबार गर्न पाउँदैनन्,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘तर जिवन विकास लघुवित्तका संचालक, सीइओ, पुर्व संचालक तथा पुर्व सीइओहरुले भने सो गरेको पाइएको थियो ।’
चालु आर्थिक वर्षमा राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागले गरेको निरिक्षणमा सो पाइएको हो । लघुवित्तका पदमा रहेका संस्थापकहरुले गैर कानुनी रुपमा हकप्रद सेयर खरिद गरेपछि लिखित स्पष्टीकरण सोधिएको ती अधिकारीले बताए ।

‘गत आवमा संस्थाले पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । संस्थापकहरुको लागि हकप्रद जारी गरेको थियो, जुन पदमा नरहेका र पदबाट हटेको १ वर्ष नपुगेका संस्थापकहरुले खरिद गर्न पाउँदैन थिए,’ उनले थपे, ‘तर बाहिरका संस्थापकले हकप्रद खरिद नगरेपछि पदमा आसिन संस्थापकहरुले नै करिब ४ हजार कित्ता हकप्रद खरिद गरेका रहेछन् ।’

हकप्रद खरिद गर्ने सीइओ, संचालक, पुर्व सीइओ र पुर्व संचालकालाई राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षणले स्पष्टीकरण सोधेर अन्तिम मौका दिइएको स्रोतको भनाइ छ । जिवन विकास लघुवित्तका हकप्रद खरिद गर्ने संचालक, सीइओ तथा उच्च व्यवस्थापनका कर्मचारीले संस्थापक सेयर खरिद बिक्री सम्बन्धी नीति निर्देशनबारे थाहा नभएर सेयर कारोबार गरेको लिखित जवाफ दिएको उनले बताए ।

राष्ट्र बैंकको सम्बन्धीत सुपरिवेक्षणले नियमित निरिक्षण तथा सुपरिवेक्षण गरिहेका हुन्छन् । त्यसमा यसअघि पनि केही लघुवित्त वित्तीय संस्थाका संचालक र सीइओहरुले संस्थापक सेयर बिक्री गरेको पाइएको थियो ।

दोश्रो बजारमा सूचिकृत भएपछि सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुको सूचिमा जीवन बीमा अग्रपंत्तिमा छ । कम्पनीको सेयर मूल्य मंगलबार ३ हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्