अर्थमन्त्रीले सेयर घटाएर घट्ने होइन, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भयो (भिडियो)

सेयर बजार अर्थमन्त्रीले घटायो भन्छन् तर कसले घटाउँछ ? मन्त्रीले त पटक पटक लगानकर्ताको लगानीको रक्षा गर्ने संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर भइरहेको छ भनेर प्रतिबद्धता बारम्बार गरिरहेको छ । संस्थाहरुमा सुधार गर्नका लागि त्यहाँ भएका ट्रेडिङ्गका आन्तरिक समस्याहरु जे जति आएका छन् त्यसलाई सुधार गर्नका लागि प्रयास भएको छ । छानबिन भएको छ, कारवाही भएको छ । नयाँ योग्य सक्षम योग्य मानिस नेतृत्वमा ल्याउनका लागि आवेदन खुलाइएको छ । त्यो नेप्सेमा होस् या धितोपत्र बोर्डमा । प्रक्रिया अघि बढिरहेको छ । कम्पनी चिनेर ढुक्कले लगानी गर्नुस्, सेयर बजार सुधारक नीतिनियम म बनाउँछु यसको अर्थ भनेकै लाभग्राहीहरुलाई अनावश्यक दुःख नहोस् र लगानीकर्ताहरुलाई भोलीको दिनमा समस्या नहोस् भने उनीहरुको लगानीको संरक्षण गर्न नेप्से र बोर्डमा धेरै कामहरु गर्न बाँकी रहेछन् । मैले के रहेछ यो भनेर दिन बोलाएर बुझेको धेरै काम गर्न बनाउन बाँकी रहेछ । यसका विभिन्न टुल्सहरु हुँदो रहेछन् । ती टुल्सहरु बनाउनु पर्ने बाँकी रहेछ । ती सबै टुल्सहरु बनाउनका लागि संस्थागत सुधार गर्नका लागि धितोपत्र बोर्डको कुरा नेप्सेका देखिएको समस्यालाई समाधान गर्ने कुरालाई अर्थमन्त्रालयले गम्भिरता पुर्वक लागिरहेको छ ।  तर, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो भने झैं’ दोष अर्थमन्त्रीलाई दिएको छ । इन्टर्नल ट्रेडिङ्ग कतातिरबाट भइरहेको छ त्यो बुझन तर्फ ध्यान छैन । सेयर मार्केटमा … Continue reading अर्थमन्त्रीले सेयर घटाएर घट्ने होइन, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भयो (भिडियो)