धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन

काठमाडौ । धितो पत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन भएको छ । मन्त्री परिषदको निणय बमोजिम अर्थ मन्त्रालयले पत्र लेखेको हो । छनौट समितिको विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रीका एक सहयोगीले बताए । यस अघि गठन गरिएको समितिमा प्रा डा. नारायण प्रसाद पौडेल विज्ञ सदस्य थिए । समितिको वैधानिकतामाथि कानुनी प्रश्न उठेपछि कानुन अनुसार मन्त्री परिषदले कानुन अनुसार नयाँ छनौट समिति गठन गरेको हो । धितोपत्र ऐन २०६३ अनुसार, राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा अर्थसचिव र अर्का एक जना विज्ञ सदस्य रहने गरी सरकारले छनोट समिति गठन गर्ने व्यवस्था छ । नेपाल सरकारको सट्टा मन्त्रीस्तरिय निर्णयबाट समिति गठन गरिएको र योजना आयोगका सदस्य भनिएको ठाउँमा उपाध्यक्ष आफैं संयोजक भएपछि सो समितिको बैधता माथि प्रश्न उठेको थियो । बोर्डमा अध्यक्ष नभएर पुँजी बजार सम्बन्धी थुप्रै काम अलपत्र परेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले नै कानुन अनुसार अर्को छनौट समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रीस्तरबाट भएको निर्णयलाई सच्याउदै १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । १३ गते मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै अर्थ मन्त्रालयले मगंलबार एक जना संयोजक पठाउन योजना आयोगका उपाध्यक्ष पौडेललाई पत्राचार गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. … Continue reading धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन