बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !

काठमाडौं । करिब ४ महिनादेखि नेपाल धितोपत्र बोर्ड प्रमुखको कुर्सी रिक्त छ । असोज १९ गते सरकारले निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेयता बोर्डका नियमित काम कारबाही रोकिँदै आएको थियो । त्यसयता बोर्डले एकाध कम्पनीको डिबेन्चर स्वीकृति दिने काम बाहेक आईपीओ र हकप्रद निष्काशनको अनुमति दिएको थिएन । व्यापक आलोचना हुन थालेपछि बोर्ड सञ्चालक समितिले सेयर निष्काशनसम्बन्धि अनुमति दिने अधिकार अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बोर्ड सञ्चालक बनेका आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिएको थियो । पौडेलले पुस २९ मा अख्तियारी पाएपछि बोर्डले २ वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । तर, अनुमति दिनु अघि नै पौडेलले सुटुक्क ती दुई मध्ये एउटाको बारेमा आफ्ना भाञ्जा र आफन्तलाई भनेको पाइएको छ । पौडेलका भाञ्जा सुमन गौतम ब्रोकर नंं. ४ ओपल सेक्युरिटिजका प्रबन्ध निर्देशक हुन् । माघ ६ गते शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाएका हुन् । तर, त्यसको ४ दिन अघि नै पौडेलले आफ्ना भाञ्जा गौतमलाई शिखरले हकप्रदको अनुमति पाउने कुरा जानकारी गराएको शंका गरिएको छ । ओपल सेक्युरिटिजबाट कारोबार गर्ने लगानीकर्ताले माघ ३ गते अस्वभाविक दरमा शिखर इन्स्यारेन्स कम्पनीको सेयर किनेको फ्लोरसिटमा देख्न सकिन्छ । सोमबार दिनभर ४ सय ३६ कारोबारमार्फत् शिखरको ४२ हजार ११० कित्ता सेयर ७ करोड ९० लाख रुपैयाँमा किनबेच भएकामा ओपल सेक्युरिटिजका … Continue reading बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !