Shikhar Insurance

बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !

सिंहदरबार संवाददाता
२०७८ माघ ९, आईतवार १९:११
NIMB
Nabil Bank

काठमाडौं । करिब ४ महिनादेखि नेपाल धितोपत्र बोर्ड प्रमुखको कुर्सी रिक्त छ । असोज १९ गते सरकारले निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेयता बोर्डका नियमित काम कारबाही रोकिँदै आएको थियो ।

त्यसयता बोर्डले एकाध कम्पनीको डिबेन्चर स्वीकृति दिने काम बाहेक आईपीओ र हकप्रद निष्काशनको अनुमति दिएको थिएन । व्यापक आलोचना हुन थालेपछि बोर्ड सञ्चालक समितिले सेयर निष्काशनसम्बन्धि अनुमति दिने अधिकार अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बोर्ड सञ्चालक बनेका आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पौडेलले पुस २९ मा अख्तियारी पाएपछि बोर्डले २ वटा कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको छ ।

तर, अनुमति दिनु अघि नै पौडेलले सुटुक्क ती दुई मध्ये एउटाको बारेमा आफ्ना भाञ्जा र आफन्तलाई भनेको पाइएको छ ।

पौडेलका भाञ्जा सुमन गौतम ब्रोकर नंं. ४ ओपल सेक्युरिटिजका प्रबन्ध निर्देशक हुन् ।

माघ ६ गते शिखर र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाएका हुन् । तर, त्यसको ४ दिन अघि नै पौडेलले आफ्ना भाञ्जा गौतमलाई शिखरले हकप्रदको अनुमति पाउने कुरा जानकारी गराएको शंका गरिएको छ ।

ओपल सेक्युरिटिजबाट कारोबार गर्ने लगानीकर्ताले माघ ३ गते अस्वभाविक दरमा शिखर इन्स्यारेन्स कम्पनीको सेयर किनेको फ्लोरसिटमा देख्न सकिन्छ ।

सोमबार दिनभर ४ सय ३६ कारोबारमार्फत् शिखरको ४२ हजार ११० कित्ता सेयर ७ करोड ९० लाख रुपैयाँमा किनबेच भएकामा ओपल सेक्युरिटिजका ग्राहक लगानीकर्ताले मात्र ४१ कारोबारबाट ५४ सय कित्ता सेयर किनेका छन् । कारोबार रकम १ करोड २ लाख रुपैयाँ बराबरको भएको हो ।

सो ब्रोकरबाट नियमित रुपमा केही लाखको मात्र शिखरको सेयर किनबेच हुने गरेको थियो ।

सेयर बजारमा कारोबार भएको शिखरको कुल सेयरमध्ये ओपलबाट कुन दिन कति खरिद भयो ?

माघ २ गते आइतबारः ५ करोड ५८ लाखमध्ये १ लाख २९ हजार रूपैयाँ
माघ ३ गते सोमबारः ७ करोड ९० लाख ५५ हजारमध्ये १ करोड २ लाख ४९ हजार रूपैयाँ
माघ ४ गते मंगलबारः ८ करोड ३ लाख ५३ हजारमध्ये शून्य रूपैयाँ
माघ ५ गते बुधबारः ६ करोड ३३ लाख ८९ हजारमध्ये १ लाख ५७ हजार रूपैयाँ
माघ ६ गते बिहीबारः १७ करोड ६७ लाख ६५ हजारमध्ये २५ लाख २८ हजार रूपैयाँ

शिखरले १० बराबर ३ को अनुपातमा हकप्रदको अनुमति पाएको हो । सोहीदिन आईएमई जनरल इन्स्योरेन्सको पनि हकप्रद अनुमति पाएको थियो । तर, माथि उल्लेखित तथ्यले शोभाकान्तले अनुमति दिनु ३-४ दिन अघि नै भाञ्जालाई यसको सूचना दिएर आफ्नालाई सेयर किनाउन लगाएको संकेत गर्दछ ।

यो प्रकरणलाई ‘काग कराउनु’ र ‘चल्ला हराउनु’ एकैपल्ट भएको मान्ने हो कि उनले गलत नियत राखी भाञ्जालाई जानकारी दिएका हुन् भन्ने आरोप लगाउने, बहसको विषय बनेको छ ।

जानकारका अनुसार पौडेलका आफ्ना मान्छेहरुले ओपल सेक्युरिटिजबाटै सेयर खरिद बिक्रीको ब्रोकर सेवा लिने गरेका छन् ।

एउटा कम्पनीले हकप्रदको अनुुमति पाउने, अनुमति दिने व्यक्तिको भाञ्जाको ब्रोकरबाट अनुमति पाउनु अघि नै अस्वभाविक दरमा सेयर किनिने परिपाटीले बोर्ड नेतृत्व अभावमा झनै विसंगति फैलिएको संकेत गरेको छ ।

धितोपत्र बजारमा हुने अनैतिक गतिविधि नियमन र नियन्त्रण गर्ने नेपाल धितोपत्र बोर्डको सञ्चालक रहेका व्यक्तिले अनैतिक काम गरिरहँदा बोर्डको नियामकीय क्षेत्राधिकार कुन दिशामा अघि बढिरहेको छ ? भन्ने प्रश्न गर्ने ठाउँ सिर्जना भएको छ ।

यता पौडेल आफैं सञ्चालक रहेको इमर्जिङ नेपालले पनि आईपीओ निष्काशनको अनुमति पाइएको बताइएको छ । इमर्जिङ नेपालमा विशाल ग्रुपको लगानी छ । इमर्जिङ लगानी नेपाल इफ्रास्ट्रक्चर बैंकमा छ ।

सरकारले अध्यक्ष नियुक्त गर्ने तयारी गरिरहँदा बोर्ड सञ्चालक समितिले हतारमा पौडेललाई किन अख्तियारी दिएको हो, यो पनि प्रश्नको विषय हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्