शोभाकान्तले बदमासी गरी निष्काशन अनुमति दिएको इमर्जिङको आईपीओमा माघ २६ देखि आवेदन दिन पाइने

काठमाडौं । इमर्जिङ्ग नेपालको आईपीओमा माघ २६ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै निष्काशन गर्न लागेको साधारण सेयरमा आवेदन आह्वान गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ११ हजार १ सय १२ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि, २७ हजार ७ सय ८९ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध एनआईसी एशिया क्यापिटल हो । बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना ! शोभाकान्तको अर्को बेइमानीः आफैं सञ्चालक भएको इमर्जिङ नेपाललाई आईपीओ अनुमति इमर्जिङ्ग नेपालले इक्रा नेपालबाट डबल बी प्लस इस्युअर रेटिङ प्राप्त गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न औसत जोखिम रहेको संकेत गर्छ । इमर्जिङका सञ्चालक शोभाकान्त पौडेलले आफ्नो प्रभावमा आईपीओ अनुमति दिएका हुन् । बोर्डका सञ्चालक पौडेलले आईपीओ निष्काशन अनुमति दिने अख्तियारी पाएका बेला आफैं सञ्चालक रहेको इमर्जिङलाई अनुमति दिएका हुन् ।