Shikhar Insurance

शोभाकान्तले बदमासी गरी निष्काशन अनुमति दिएको इमर्जिङको आईपीओमा माघ २६ देखि आवेदन दिन पाइने

सिंहदरबार संवाददाता
२०७८ माघ १८, मंगलवार १६:००
NIMB
Nabil Bank

काठमाडौं । इमर्जिङ्ग नेपालको आईपीओमा माघ २६ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै निष्काशन गर्न लागेको साधारण सेयरमा आवेदन आह्वान गरेको हो ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ११ हजार १ सय १२ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि, २७ हजार ७ सय ८९ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध एनआईसी एशिया क्यापिटल हो ।

बोर्डमा शोभाकान्तको बदमासी, हकप्रद स्वीकृतीअघि भाञ्जा र आफन्तलाई दिए गोप्य सूचना !

शोभाकान्तको अर्को बेइमानीः आफैं सञ्चालक भएको इमर्जिङ नेपाललाई आईपीओ अनुमति

इमर्जिङ्ग नेपालले इक्रा नेपालबाट डबल बी प्लस इस्युअर रेटिङ प्राप्त गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न औसत जोखिम रहेको संकेत गर्छ ।

इमर्जिङका सञ्चालक शोभाकान्त पौडेलले आफ्नो प्रभावमा आईपीओ अनुमति दिएका हुन् । बोर्डका सञ्चालक पौडेलले आईपीओ निष्काशन अनुमति दिने अख्तियारी पाएका बेला आफैं सञ्चालक रहेको इमर्जिङलाई अनुमति दिएका हुन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्