Shikhar Insurance

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको कार्यालय आफ्नै भवनमा स्थानान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १३:३०
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगरमा स्थित वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय स्थानान्तरण गरेको छ । बैंकले वैशाख २३ गते आयोजित विशेष कार्यक्रमकाबीच आदर्शनगरस्थित प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरको नव निर्मित भवनमा स्थानान्तरण गरी बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको हो ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यतिmत्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंक पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको छ । बैंकको हालसम्म १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ ए.टि.एम् रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्