‘नयाँ एक्स्चेन्ज र ब्रोकरलाई लाइसेन्स आवश्यक भएमात्र दिन्छु’ (अन्तर्वार्ता)

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । उनी आफ्नो पृथक प्रस्तुतीकरण हेरेर सरकारले नियुक्ति दिएको दावी गर्छन् । उनले विगतमा बिग्रिएको बोर्डको शाख जोगाउने आफ्नो प्रमुख दायित्व हुने उनको भनाइ छ । उनले धितोपत्र बोर्डमा बसेर यी ३–४ वटा काम पुरा गर्ने अठोट लिएका छन् । उनले नयाँ स्टक एन्स्चेन्ज र ब्रोकरको आवश्यकता अध्ययन गरेर मात्र लाइसेन्स दिइने बताए । प्रस्तुत छ, उनै हमालसँग सिंहदरबारकर्मी दिलु कार्कीले गरेको संक्षिप्त कुराकानी : तपाईं कुनै राजनीतिक दलसँग नजोडिएको मान्छे, यो नियुक्तीलाई राजनैतिक पहुँचको नियुक्ति मान्ने कि क्षमता अनुसारको नियुक्ति ? यो क्षमताको आधारमा गरिएको नियुक्ति हो जस्तो मलाई लाग्छ । मलाई सरकारले आउट अफ द बक्स थिंकर सोचेर ल्याएको जस्तो लाग्छ । बजारभन्दा बाहिरको मान्छे ल्याउँदा नयाँ तरिकाले बजारको समस्या समाधान गर्न सक्छ भन्ने सरकारले महसुस गरेको हुनुपर्छ । म आफूलाई पनि त्यसो लाग्छ । धितोपत्र बजार राम्रो भयो भने तपाईं हामी सबैको हित हुन्छ । देशको हित हुन्छ । मेरो प्रस्तुतीकरण पनि अरुभन्दा पृथक थियो । त्यही हेरेर सरकारले मलाई पत्याएको हो । तपाईंबाट धितोपत्र बजार, सरकार र आम सरोकारवालाबाट के अपेक्षा गर्ने ? म नेपालको फाइदाको लागिमात्र काम गर्ने मान्छे हुँ । यसमा शंका गर्नै पर्दैन । मेरो प्रमुख दायित्व भने नियामकको शाख जोगाइराख्नु हो, जुन बितेको … Continue reading ‘नयाँ एक्स्चेन्ज र ब्रोकरलाई लाइसेन्स आवश्यक भएमात्र दिन्छु’ (अन्तर्वार्ता)