चैत १५ अगावै मन्त्रिपरिषद पुनर्गठन हुँदै, अर्थसहित महत्वपूर्ण मन्त्री फेरिने

काठमाडौं । चैत १५ गते अगावै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । निर्वाचन आयोगले चैत १५ गतेदेखि निर्वाचन आचार संहिता लागु गर्ने तयारी गरेपछि सत्ता गठबन्धनमा सो अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी बनेको हो । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । सोही अनुसार निर्वाचन आयोगले दल दर्तादेखि नमुना मतपत्र लगायतका काम अघि बढाईसकेको छ । आचार संहिता लागु भएपछि मन्त्रिमण्डल पुनर्गठनदेखि अन्य महत्वपूर्ण कामहरु गर्न पाइँदैन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी गठबन्धनमा आचार संहिता लागु हुनु पूर्व नै मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी बनेको हो । सरकारमा सहभागी चारै दलले केहि मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । काँग्रेस बाहेकका दलहरुका तर्फबाट सरकारमा सहभागी अधिकांश मन्त्रीहरु फेरिनेछन् । अर्थमन्त्री जनार्दन शर्मा पनि फेरिने मन्त्रीहरुको सूचिमा छन् । निर्वाचनका मुखमा मन्त्री शर्माका कारण सिंगो गठबन्धन र सरकार नै अलोकप्रिय बनेको, निजी क्षेत्रले सरकारमाथि अविश्वास गरेको अवस्थालाई मध्यनजर गर्दै मन्त्री शर्मालाई हटाउने मनस्थितिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेको श्रोत बताउँछ । प्रचण्डले शर्मालाई हटाएर बर्षमान पुनलाई अर्थमन्त्री बनाउने तयारी गरेका बेला प्रधानमन्त्री देउवाले भने शर्मालाई हटाएपछि अर्थ मन्त्रालय काँग्रेसले लिने अडान कसेको श्रोत बताउँछ । प्रधानमन्त्री देउवाले शर्मालाई हटाउने हो भने परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई अर्थमन्त्री … Continue reading चैत १५ अगावै मन्त्रिपरिषद पुनर्गठन हुँदै, अर्थसहित महत्वपूर्ण मन्त्री फेरिने