प्रतिबन्धित ‘वानएक्स बेट’ को लतमा युवापुस्ता, अबैध डलर कारोबारले वित्तीय अपराध बढ्दै

काठमाडौं । ‘आज लाइभ गेममा बेटिङ गर्नु छ, मेरो ई–सेवामा पैसा हाल्देउन प्लिज, भोलि नै फिर्ता हुन्छ,’ आजकल फोन उठाएर सन्चो–बिसन्चो समेत नसोधि १६–३० वर्षे युवापुस्ता आफ्ना साथीभाइ वा आफन्तलाई आग्रह गरिरहेका सुनिन्छन् । ‘फलानोले रातारात यति कमायो रे, यही एपबाट बेटिङ गरेर बसीबसी लाखौं करोडौं कमाउने मान्छे भेटेको छु, आइज बरु तँलाई पनि यो एपमा बेटिङ गर्न सिकाइदिन्छु,’ ‘अस्ती त मैले एक घण्टा मै ५० हजार जितेको थिए, हिजोदेखि लक लागिरा छैन यार, हारेको पैसा जसरी भएपनि यहीँबाट उठाउने हो ।’ यस्तै यस्तै । चोक गल्लिका चिया पसल होस् या कलेज, कार्यालयका क्यान्टिन, आजभोलि एउटै उमेर समूहका युवा जमातमाझ सुनिने वार्तालाप हो यो । साथीभाइ आफन्तसाथमा हुँदा होस् वा बन्द कोठा/एकान्तमा हुँदा आजभोलिका युवा/युवती मोबाइलमै ध्यानमग्न हुनुलाई सामान्य मानिन्छ । सोच्ने गरिन्छः सामाजिक सञ्जालमा केही भिडियो वा साथीभाइसँग गफिएको हो । तर, आजभोलि त्यसरी मोबाइलमा ध्यानमग्न भएको युवापुस्ता क्रम अबैध मोबाइल एप्समार्फत बेटिङ(बाजी)को लतमा फसिरहेका छन् । उनीहरु क्रमशः नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ (सट्टेबाजी/जुवा) एपमा लाखौं करोडौं रुपैयाँ बेट गरिरहेका हुनसक्छन् । त्यस्तैमध्येको एक सर्वाधिक चर्चित अनलाइन बेटिङ प्लेफर्म हो ‘वानएक्स बेट’ । नेपालमा जुनसुकै प्रकारको अनलाइन बेटिङलाई सरकारले प्रतिबन्ध लगाएको छ । साथै, यस प्रकारका बेटिङ गर्ने र गराउनेहरुलाई दैनिक प्रहरीले प्रक्राउ समेत गरिरहेको छ । तर, नेपालमै … Continue reading प्रतिबन्धित ‘वानएक्स बेट’ को लतमा युवापुस्ता, अबैध डलर कारोबारले वित्तीय अपराध बढ्दै