ब्रोकरको सवालमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि ‘कन्ट्रिब्युसन’ छ, उत्तम न्याय नै यही हो

नेपाल धितोपत्र बोर्डले भर्खरै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी अर्थमन्त्रालय पठाएको छ । अर्थको स्वीकृति र मन्त्रिपरिषदबाट पास भएमा आएपछि संशोधित नियमावली लागू हुनेछ । सो नियमावलीले नयाँ ब्रोकर कम्पनीहरु ल्याउन बाटो खुला गर्नेछ । पुराना ब्रोकरहरुको पुँजी थप गर्दै नयाँ ब्रोकरहरु सहित अबको धितोपत्र बजार कसरी अघि बढ्छ ? पुराना ब्रोकरहरुको घेराबन्दी कसरी चिरिन्छ ? र, नयाँ व्यवस्थाबारे बजारलाई कसरी विश्वस्त बनाइन्छ ? यीनै परिवेशमा रहेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसँग सिंहरबारले गरेको कुराकानीको सम्पादित अंशः नयाँ ब्रोकरलाई लाइसेन्स दिने चर्चा धेरै पहिलेदेखि चलेको हो तर, तपाइले एकै पटक क्रान्तिकारी निर्णय गर्दै नियमावाली संशोधन गरी बाटो खोल्नु भयो । यो क्रान्तिकारी निर्णयको ‘जस्टिफिकेशन’ कसरी गर्नु हुन्छ ? सर्वप्रथम त यो दस्तावेज, प्रणाली निर्माण, सरकारी संस्थाहरुलाई जनता प्रति पूर्ण उत्तरदायी बन्न, कोटा प्रणाली र सिण्डिकेशनकोे अन्त्य गर्न र एकाउण्टेबल नीति बनाउने अभियानमा बोर्डको संचालक समितिका सम्पुर्ण सदस्यहरुको योगदानबाट सम्भव भएको हो । मापदण्ड तोक्नेदेखि नयाँ व्यवस्थाले बजारलाई सहि बाटोमा ल्याउँछ/ल्याउँदैन भन्ने विषयमा गहन छलफल गरिएको छ । छलफलबाट प्राप्त प्रष्ट रिपोर्टका आधारमा नयाँ व्यवस्था अघि सारिएको हो । साथै, यसमा अर्थमन्त्रालयको टिमसँगै अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि योगदान छ । यो प्रणाली बजारमा भित्र्याउनुको मुख्य उदेश्य भनेको सबैलाई समान अवसर दिनु नै हो । … Continue reading ब्रोकरको सवालमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि ‘कन्ट्रिब्युसन’ छ, उत्तम न्याय नै यही हो