बीमितको नियोजित हत्यापछि अन्डरराइटरलाई कारवाही र अभिकर्ताकाे लाइसेन्स खारेज गर्दै समिति

काठमाडौं । जीवन बीमा गरी नियोजित हत्या गराएर दावी भुक्तानी लिने बीमित माथि र कम्पनीमाथि बीमा समितिले कारवाही अघि बढाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सबाट करिब ३ वर्षअघि गरिएको म्यादी बीमा प्रकरणबारे समितिले बिषेश चासो देखाउँदै कम्पनीलाई पत्र काटेको हो । अभिकर्ता र अन्डरराइटिङको हेल्चेक्राइले नित्याएको बीमितको हत्या प्रकरण नियोजित दावी भुक्तानी बारे अनुसन्धानको लागि पत्र पठाइएको समितिका अध्यक्ष सुर्य प्रसाद शिलवालले बताए । ‘घटनाबारे थप अनुसन्धान गर्नका लागि कम्पनीलाई पत्र पठाउएका छौं, यहाँ अभिकर्ता र अन्डर राइटिङ समेत संलग्न भएको  प्रारम्भिक अध्ययनले देखाउँछ,’ समितिका अध्यक्ष सिलवालले सिंहदरबारसँग भने, ‘नियोजित घटनामा अभिकर्ता र अन्डरराइटिङको समलग्नता पुष्टी भए लाइसेन्स खारेज गरी कानुनी कारवाहीको लागि पठाइनेछ ।’ सो प्रकरणमा कम्पनीको नियोजित संलग्नता भएमा समिति कारवाहीको पक्षबाट पछि नहट्ने उनले बताए । ‘अन्डरराइटिङले हेर्नुपर्ने कुरा नहेरेको प्रष्ट छ, अभिकर्ता समेत घटनाका कसुरदारसँग मिलेको शंका गरिएको छ, छानबिनको क्रममा पुष्टी भएका अभिकर्ताको लाइसेन्स खारेज हुन्छ ।’–उनले थपे । रिलायन्स लाइफ इन्स्योरेन्सबाट २०७७ फागुन २८ गते बाँकेका सर्जन विकले १ करोड २० लाख रुपैयाँको सावधिक जीवन बीमा र ७० लाख रुपैयाँको दुर्घटना बीमा गराएका थिए । उनले जीमा पोलिसी खरिद गर्दा हकवालामा आफ्नी श्रीमती सपना मल्लको नाम राखेका थिए । विकले बीमा गराएको एक महिना नबित्दै उनको सवारी दुर्घटनामा मृत्यु भएपछि कम्पनीले उनकी श्रीमती मल्ललाई … Continue reading बीमितको नियोजित हत्यापछि अन्डरराइटरलाई कारवाही र अभिकर्ताकाे लाइसेन्स खारेज गर्दै समिति