Shikhar Insurance

बीमितको नियोजित हत्यापछि अन्डरराइटरलाई कारवाही र अभिकर्ताकाे लाइसेन्स खारेज गर्दै समिति

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार २१:०८
NIMB
Nabil Bank

काठमाडौं । जीवन बीमा गरी नियोजित हत्या गराएर दावी भुक्तानी लिने बीमित माथि र कम्पनीमाथि बीमा समितिले कारवाही अघि बढाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सबाट करिब ३ वर्षअघि गरिएको म्यादी बीमा प्रकरणबारे समितिले बिषेश चासो देखाउँदै कम्पनीलाई पत्र काटेको हो ।

अभिकर्ता र अन्डरराइटिङको हेल्चेक्राइले नित्याएको बीमितको हत्या प्रकरण नियोजित दावी भुक्तानी बारे अनुसन्धानको लागि पत्र पठाइएको समितिका अध्यक्ष सुर्य प्रसाद शिलवालले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘घटनाबारे थप अनुसन्धान गर्नका लागि कम्पनीलाई पत्र पठाउएका छौं, यहाँ अभिकर्ता र अन्डर राइटिङ समेत संलग्न भएको  प्रारम्भिक अध्ययनले देखाउँछ,’ समितिका अध्यक्ष सिलवालले सिंहदरबारसँग भने, ‘नियोजित घटनामा अभिकर्ता र अन्डरराइटिङको समलग्नता पुष्टी भए लाइसेन्स खारेज गरी कानुनी कारवाहीको लागि पठाइनेछ ।’ सो प्रकरणमा कम्पनीको नियोजित संलग्नता भएमा समिति कारवाहीको पक्षबाट पछि नहट्ने उनले बताए ।

‘अन्डरराइटिङले हेर्नुपर्ने कुरा नहेरेको प्रष्ट छ, अभिकर्ता समेत घटनाका कसुरदारसँग मिलेको शंका गरिएको छ, छानबिनको क्रममा पुष्टी भएका अभिकर्ताको लाइसेन्स खारेज हुन्छ ।’–उनले थपे ।

रिलायन्स लाइफ इन्स्योरेन्सबाट २०७७ फागुन २८ गते बाँकेका सर्जन विकले १ करोड २० लाख रुपैयाँको सावधिक जीवन बीमा र ७० लाख रुपैयाँको दुर्घटना बीमा गराएका थिए । उनले जीमा पोलिसी खरिद गर्दा हकवालामा आफ्नी श्रीमती सपना मल्लको नाम राखेका थिए । विकले बीमा गराएको एक महिना नबित्दै उनको सवारी दुर्घटनामा मृत्यु भएपछि कम्पनीले उनकी श्रीमती मल्ललाई २ करोड ५० लाख रुपैयाँ दावी भुक्तानी गरिसकेको थियो ।

तर, उक्त दावी भुक्तानीमाथि रि–इस्योरेन्सले शंका लागेको भन्दै केन्द्रिय अन्सन्धान ब्युरोमा छानविनको लागि अनुरोध गरेको थियो । छानबिनको क्रममा सो बीमा नियोजित रुपमा गराएर दावी भुक्तानी लिएको कुरा प्रहरीले बाहिर ल्याएको हो । कम्पनीले वार्षिक २ लाख आम्दानी भएको व्यक्तिको बार्षिक ५ लाख रुपैयाँ बढी प्रिमियम तिर्नु पर्ने बीमा पोलिसी बिक्री गरेको विषयमा कम्पनी समेत कारवाहीको दायरामा परेको अध्यक्ष सिलवालको भनाइ छ ।

घटनाको वास्तिविकता
सर्जन विकले बीमा पोलिसी खरिद गर्दा विवहा अघिनै सपना मल्ललाई कृतिम श्रीमती बनाएर हकवाला राखेका थिए । उनीहरुले २०७७ चैत २८ गते अर्थात् बीमा पोलिसी खरिद गरेको १ महिना पछि मात्रै अदालतमा विवाह गरेका हुन् । मल्लसँग विवाह भएको एक महिना नपुग्दै विकको सडक दुर्घटनामा मृत्यु भएपछि कम्पनीले दिएको साढे २ करोड रुपैयाँ दावी भुक्तानी विभिन्न ७ जना व्यक्तिमा बाँडफाँड भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जसमा विकको दुर्घटना गराउने व्यक्तिदेखि लिएर, सपना मल्लको आमा र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरिएको प्रहरीको अनुसन्धानले देखाएको हो ।

कम्पनीले बीमितको हकवालालाई दावी भुक्तानी दिएको करिब ५ महिना पछि पुनरबीमाको आग्रहमा सीआइबीले अनुसान्धान थाली घटना बाहिर ल्याएको हो । जसमा विवाह दर्तागर्नु अघि नै बीमा पोलिसी खरिद गरिएको, दावी भुक्तानी लिएपछि मृतकको अन्तिम संकारमा सपना मल्ल नपुगेको र श्रीमानको मृत्युपछि बीमा दावी भुक्तानी अन्य व्यक्तिको खातामा पठाइनु लगायतको घटना उक्त बीमा नियोजित रुपमा गराइ घटना घटाएर दावी रकम लिइएको प्रष्ट भएको छ । भने कम्पनीले बीमा पोलिसी बिक्री गर्दा बीमितिको बार्षिक आम्दानी, हकवालासँग नाता प्रमाणित गर्ने प्रमाण दुर्घटनाको समय र वमिा दावीको लागि दिइएको समयको अन्तराल निक्र्योल नगरिएको हुँदा अभिकर्ता, अन्डरराइटिङ र कम्पनी समेत सो प्रति जवाफदेशी ठहर भएका हुन् ।

रिलायन्स लाइफलाई समितिको २४घण्टे अल्टिमेटम, पुर्व सीइओ समेत अनुसन्धानको दायरामा

GBIME

प्रतिक्रिया दिनुहोस्