रिलायन्स लाइफलाई समितिको २४घण्टे अल्टिमेटम, पुर्व सीइओ समेत अनुसन्धानको दायरामा

काठमाडौं । बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्सलाई २४ घण्टे अल्टिमेटम दिएको छ । समितिले कम्पनीलाई बीमक सर्जन विक घटना प्रकरणको छानबिनको लागि आवश्यक कागजात सहित २४ घण्टा भित्र उपस्थित हुन कम्पनीलाई निर्देशन दिएको हो । समितिले कम्पनीको बाँके जिल्ला शाखा कार्यालयबाट बीमा पोलिसी खरिद पछि सडक दुर्घटनामा मृत्यु भएको बीमिक विकबारेमा विस्तृत छानबिन प्रक्रिया अघि बढाउँदै सम्बन्धित पक्षलाई समितिमा उपस्थित हुन आइतबार साँझ नै पत्र पठाएको थियो । समितिले पत्रमार्फत् भनेको छ ‘त्यहाँ बीमकबाट बीमित सार्जन विकको नाममा जारी भएको बीमालेखमा जोखिमाङकन तथा दावी भुक्तानी प्रकृयामा अनियमितताजन्य कार्य भएको बीमालेखबाट गैर कानूनी लाभ लिन बीमितको हत्या तथा अपराधजन्य घटना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोबाट समेत अनुसन्धान भएको भनी बिभिन्न पत्र पत्रिका तथा अनलाईन खबरहरूमा प्रकाशन भएको प्रति समितिको ध्यानाकर्षण हुन गएको छ । यस सम्बन्धमा बीमा ऐन २०४९ को दफा ३९ बमोजिम जाँचबुझ प्रयोजनका लागि उक्त बीमालेखसंग सम्बन्धित निम्न लिखित कागजात सहित पत्र प्राप्त भएको २४ घण्टाभित्र समितिमा उपस्थित हुन निर्णयानुसार जानकारी गराईएको छ ।’ रिलायन्स लाइफबाट करिब ३ वर्षअघि गरिएको म्यादी बीमा प्रकरणबारे समितिले बिषेश चासो देखाउँदै कम्पनीलाई पत्र काटेको हो । समितिले कम्पनीलाई सोमबार कार्यालय समयावधी भित्र बीमालेख, प्रस्ताब फारम, आम्दानीको श्रोत, करचुक्ता, स्वास्थ्य सम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमाडकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने … Continue reading रिलायन्स लाइफलाई समितिको २४घण्टे अल्टिमेटम, पुर्व सीइओ समेत अनुसन्धानको दायरामा