राष्ट्र बैंकको निर्देशनको उल्लघंन गर्दै एनआइसी एशिया, कल एकाउण्ट मै बचतको ब्याज दिँदै

काठमाडौं । एनआइसी एशिया बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै कारोबार गर्न थालेको छ । केन्द्रीय बैंकले तोकेको ब्याजदर नीति उल्लंघन गर्दै बैंकले कल निक्षेपमा साधारण बचत सो सरह ब्याज दिन थालेको हो । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत मुद्धती, संस्थागत मुद्धती, साधारण बचत, चल्ती र कल निक्षेप खाता सञ्चालन गर्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षेपको भन्दा १ प्रतिशत कम संस्थागत निक्षेपको ब्याज निर्धारण गर्नु पर्ने व्यवस्था गरेको छ । तर, राष्ट्र बैंकले गत सातादेखि यस्तो खाताको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत हुनु पर्ने व्यवस्था गरिसकेको छ । यस्तै, राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ब्याजदर अर्थात् व्यक्तिगत मुद्धतीमा ५ प्रतिशतको अन्तर राखेर सोभन्दा कम ब्याज साधारण बचतमा निर्धारण गर्न सक्नेछन् भने साधारण बचतको ५० प्रतिशत कम कल निक्षेपमा ब्याज दिन पाउँछन् । तर, चल्ती खातामा भने ब्याज दिने पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साधारण बचतमा संस्थागतले निक्षेप जम्मा गर्न पाँदैनन् । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले न्युनतम ३ महिनासम्म जम्मा गरिने निक्षेपलाई मात्रै मुद्धती खातामा दिइने ब्याज दिन पाउँछन् । अन्यथा साधारण बचत, कल निक्षेप वा चल्ती खातामा निक्षेप राखी सोही अनुसार ब्याज दिनु पर्ने राष्ट्र बैंकको प्रावधान हो । थोरै ब्याजदरको कल खातामा जुन समयमा पनि पैसा राख्न झिक्न … Continue reading राष्ट्र बैंकको निर्देशनको उल्लघंन गर्दै एनआइसी एशिया, कल एकाउण्ट मै बचतको ब्याज दिँदै