धितोपत्र बोर्डका पक्षमा उभिए लगानीकर्ता, ब्रोकर थप्ने निर्णय रोकिए आन्दोलन गर्ने

काठमाडौं । पुँजी बजारका तीन वटा लगानीकर्ता संघहरु नेपाल धितोपत्र बोर्डका पक्षमा उभिएका छन् । बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिन सहज हुने गरि अघि सारेको नियमावली तत्काल कार्यान्वयन गर्नुपर्ने लगानीकर्ता संघहरुको माग छ । संसारका अधिकांश देशहरुमा ब्रोकरहरुका लागि ओपन इन्ट्री तथा फ्रि एक्जिटको व्यवस्था रहेको बताउँदै उनीहरुले नेपालमा हाल कायम रहेको सिमित ब्रोकरको व्यवस्था हट्नुपर्ने माग गरेका हुन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त वक्तव्य नै निकालेर नयाँ ब्रोकर थप्ने प्रक्रिया अघि बढाउन भनेका हुन् । उनीहरुले नयाँ ब्रोकर सम्बन्धी प्रस्तावित व्यवस्था कार्यान्वयनमा नल्याए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । फोरमका अध्यक्ष तुल्सीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आम लगानीकर्ताको हितमा रहेको नयाँ ब्रोकर सम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन हुनुपर्ने माग गरेका हुन् । ‘मुलुकले दशकौंको राजनीतिक अन्योललाई पार गर्दै अवका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने गठबन्धन सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको शेयर बजारमा उत्साहमा कमि आउनुले जिम्मेवार निकायहरूको भनाई र गराईमा स्पष्ट फरक देखिन्छ ।’, लगानीकर्ता संघहरुले भनेका छन् । लगानीकर्ताहरुले केहि मन्त्रिहरुले ब्रोकरको जालमा परेको आरोप समेत लगाएका छन् । ‘खरबौँ पुँजी भएको पुँजी बजारलाई सिमित … Continue reading धितोपत्र बोर्डका पक्षमा उभिए लगानीकर्ता, ब्रोकर थप्ने निर्णय रोकिए आन्दोलन गर्ने