क्रिप्टो/बिटक्वाइनले समानान्तर अर्थतन्त्र चलाईसके ‘डिजिटल करेन्सी’ ल्याउनुको विकल्प छैन्

काठमाडौं । नेपालमा डिजिटल करेन्सी अर्थात डिजिटल मुद्राको विज्ञका रुपमा चिनिन्छन् सुनिल पोखरेल । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका पोखरेलले नेपाल राष्ट्रका गभर्नरलाई समेत साक्षी राखेर डिजिटल मुद्राबारे आफ्नो प्रस्तुति दिने गरेका छन् । अधिकांश देशका केन्द्रिय बैंकहरुले सीबीडीसी अर्थात ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ जारी गर्ने प्रक्रियाबारे अध्ययन गरिरहेका छन् । भारत र चीनले सन २०२३ बाटै सीबीडीसी ल्याउने भनेका छन् । चीनले त आफ्ना केहि प्रान्तहरुमा त्यस्तो करेन्सी लागु पनि गरिसकेको छ । नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सीबारे कन्सेप्ट पेपर तयार पारेर प्रतिक्रिया मागिरहेको छ । क्रिप्टो/बिटक्वाइनले सरकारी मुद्रालाई चुनौती दिएर समानान्तर अर्थतन्त्रको अभ्यास गरेपछि अधिकांश देशका केन्द्रिय बैंकहरु पनि डिजिटल मुद्रा ल्याउने बाटोमा लाग्न बाध्य भएका हुन् । नेपालमा डिजिटल मुद्राबारे चासो राख्ने, अध्ययन, अनुसन्धानमा बिशेष ध्यान दिने पोखरेलसँग यीनै बिषय वस्तुको सेरोफेरोमा रहेर सिंहदरबारले गरेको कुराकानीको सार । १) अहिले मोबाइल वालेटबाट पनि डिजिटल करेन्सीको अभ्यास भैरहेको छ तर त्यो बैंकहरुले जारी गरेको डिजिटल पैसा हो । भर्चुअल करेन्सी होइन् । २) अहिले हामीले प्रयोग गर्ने भौतिक मुद्रा(कागजी नोट)को सट्टा केन्द्रिय बैंकले डिजिटल करेन्सी उपलब्ध गराउँछ । त्यसमा कागजको साटो डिजिटल पैसा हुन्छ, त्यसको कोड हुन्छ । ३) चीनले डिजिटल करेन्सी जारी गरिसकेको छ, २८ करोड चिनियाँले वालेट डाउनलोड गरेका छन् र सिमित प्रदेशहरुमा … Continue reading क्रिप्टो/बिटक्वाइनले समानान्तर अर्थतन्त्र चलाईसके ‘डिजिटल करेन्सी’ ल्याउनुको विकल्प छैन्