चुनावकै बीच ‘गुपचुप ७ लघु बीमा कम्पनी’लाई लाइसेन्स

काठमाडौं । बीमा प्राधिकरणले देश चुनावमा होमिएकै समयमा ७ लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । तत्कालिन बीमा समितिले भदौ ५ गते सार्वजनिक सूचना प्रकाशित गर्दै ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने भनेको थियो । सोही सूचना बमोजिम असोज १३ गतेभित्र आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लाइसेन्सका लागि प्रारम्भिक सहमति(एलओआई) दिने निर्णय भएको हो । बीमा प्राधिकरणको साउन ३१ गते बसेको सञ्चालक समिति बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो । सिंगो देश निर्वाचनमा होमिएको बेला प्राधिकरणले दीर्घकालिन महत्वको लघु बीमा कम्पनीलाई एलओआई दिने निर्णय गरेको हो । प्राधिकरणले तीन वटा लघु जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीलाई एलओआई दिने निर्णय गरेको छ । लघु जीवन बीमा कम्पनी तर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइको लाईफ इन्स्योरेन्स र लिबर्टी माइको लाईफ इन्स्योरेन्स रहेका छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् । प्राधिकरणले प्रदेशमा केन्द्रिय कार्यालय रहनुपर्ने व्यवस्थासहित ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेर लघु बीमा कम्पनीलाई लाइसेन्स दिने भनेको थियो । लघु बीमा कम्पनीहरुले चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत रकम संस्थापकहरुले राख्नुपर्ने भनेको छ । ३० प्रतिशत हिस्सा भने सर्वसाधारणका लागि हुनै पर्ने व्यवस्था छ । … Continue reading चुनावकै बीच ‘गुपचुप ७ लघु बीमा कम्पनी’लाई लाइसेन्स